Date

बुध, बैशाख २६, २०८१
Wed, May 8, 2024

विदेश पढ्न जाने बढ्दै , रोजगारीका लागि भने आकर्षण घट्यो

विदेश पढ्न जाने बढ्दै , रोजगारीका लागि भने आकर्षण घट्यो

काठमाडौं, १४ जेठ । अहिले नेपालमा उच्च शिक्षाका लागि नयाँ नयाँ शैक्षिक संस्थाहरु थपिइरहेका छन् । जहाँ अन्तराष्ट्रिय मापदण्ड अनुसारका शैक्षिक कार्यक्रमहरु संचालन भइरहेका छन् । तर उच्च शिक्षाका लागि विदेशीनेको संख्या भने दिनप्रतिदिन बढ्दै गएको छ । सरकारी एवं नीजि क्षेत्रबाट नेपालको शिक्षा क्षेत्रमा ठुलो लगानी गरेपनि विद्यार्थीहरुको वैदेशिक अध्ययन मोहमा भने कमि आउन सकेको छैन ।शिक्षा मन्त्रालयको तथ्यांक अनुसार आर्थिक बर्ष २०७१÷७२ मा अध्ययनका लागि ३० हजार ६सय ९६ विद्यार्थी बैदेशीक अध्ययनमा गएका थिए । त्यो संख्या आर्थिक बर्ष २०७२÷७३ मा बढेर ३२ हजार चार सय ८९ र आर्थिक बर्ष २०७३÷७४ मा ५० हजार ६ सय ५९ विद्यार्थी बैदेशीक अध्यनमा गएका छन् ।

मन्त्रालयका अनुसार नेपाली विद्यार्थी ७२ देशका विभिन्न कलेजमा अध्ययन गरिरहेका छन् । अष्ट्रेलिया, अमेरीका, बेलायत, क्यानडा जस्ता मुलुकहरु विद्यार्थीहरुको पहिलो रोजाईमा पर्ने गरेका छन् । त्यसमा पनि अष्ट्रेलिया मुख्य रोजाइ बनेको छ । आर्थिक बर्ष २०७७३÷७४को तथ्यांक अनुसार ३३ हजार २ सय ५० विद्यार्थी अष्ट्रेलिया, ११ हजार ३ सय १९ जापान, २ हजार ५ सय ६ अमेरिका, २ हजार ४ चीन, १ हजार ९ सय ८४ भारत, १ हजार ४ सय ४३ पोल्यान्ड, १ हजार २ सय १५ क्यानडा र १ हजार १ सय २३ दक्षिण कोरिया गएका छन् ।

देशमा व्यवहारिक शिक्षाको कमी, रोजगारीको समस्या, राजनीतिक अस्थिरताले बाहिरिने गरेको अभिभावकहरु बताउँछन् । अध्ययनसँगै रोजगारीका लागि पनि बर्षेनी ठुलो संख्यामा युवा विदेश पलायन भइरहेका छन् । उनीहरु नेपालको शिक्षा प्रणाली व्यवहारिक नभएको भन्दै बाहिरीने गरेका र कतिपय साथीको देखासिकीमा पनि विदेशीने गरेको पाइन्छन् । मुख्यतया अभिभावकहरु नेपालको शिक्षा व्यवहारीक नभएको र छोरा छोरी विदेश पठाउँदा समाजमा प्रतिष्ठा बढ्ने मानसिकताका साथ पनि विदेश पठाउने गरेकाको कतिपय बताउछन । नर्सिङ,आइटी,इन्जिनियरिङ,व्यवस्थापन जस्ता विषय मुख्य उनीहरुको रोजाइमा पर्ने गरेका छन् । नेपालमै अध्ययन गरिसके पछि पनि राजनीतिक नाताबाद र कृपाबादका कारण उचित रोजगारी नपाउने भएको कारण पनि नेपाली युवाहरु बैदेशिक अध्ययनमा आकर्षित भएका हुन ।

नेपाल जस्तो अल्प विकशित देशका विद्यार्थीहरु उच्च शिक्षाका लागि विदेश जानुलाई सकारात्मक माने तापनि अध्ययन पश्चात उनीहरु स्वदेश नर्फकिने समस्याले मुलुक दक्ष युवा विहिन हुन सक्ने खतरा पनि बढिरहेको शिक्षा मन्त्रालयका प्रवक्ता हरि लम्साल बताउछन् । विदेशमा लिएको शिक्षा र सिकेको शिप स्वदेशमा उपयोग हुन सक्ने वातावरण बन्न नसक्नुनै प्रमुख कमजोरी भएको उनको भनाई छ । हुन पनि विशेष गरि युवाहरु बैदेशिक शिक्षामा गइसकेपछि उतै काम गर्ने र परिवार सहित उतै बसोबास गर्दै आएको उदाहरण प्रशस्तै छन् ।

यसरी उच्च शिक्षाका लागी विदेश जाने युवा बढिरहेका बेला बैदेशिक रोजगारीमा जाने युवाहरुको संख्या भने घटेको छ । बैदेशिक रोजगार विभागको तथ्यांक अनुसार २०७० देखि २०७३ सम्ममा बैदेशिक रोजगारीमा जानेहरुको संख्या क्रमश घटिरहेको छ। आर्थिक बर्ष २०७०÷७१ मा ५ लाख २७ हजार ८ सय १४ जना रहेका छन् । त्यसमा ४ लाख ९८ हजार ८ सय ४८ जना पुरुष र २८ हजार ९ सय ६६ जना महिला रहेका छन् । आर्थिक बर्ष २०७१÷७२मा ५ लाख १२ हजार ८ सय ८७ जना मध्ये ४ लाख ९ हजार ८ सय ५९ पुरुष र २२ हजार २८ जना महिला रहेका छन्। त्यसै गरि आर्थिक बर्ष २०७२÷७३ सम्म आइपुग्दा त्यो संख्या घटेर ४ लाख १८ हजार ७ सय १३ मा सिमित रहेको छ । सो वर्ष १९ हजार ३ सय ७ महिला र ३ लाख ९९ हजार ४ सय ६ जना पुरुष रोजगारीका लागि विदेश गएका छन्। विभागको तथ्यांक अनुसार बैदेशिक रोजगारमा महिला, पुरुष दुबैको आकर्षण कम हुदै गएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x