Date

शनि, मंसिर ८, २०८१
Sat, November 23, 2024

साल्ट ट्रेडिङ कर्पोरेशनले १५ प्रतिशत लाभांश दिने

साल्ट ट्रेडिङ कर्पोरेशनले १५ प्रतिशत लाभांश दिने

काठमाडौं, २८ पुस। साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले १५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ। बिहिबार बसेकाे साल्ट ट्रेडिङ कर्पोरेशनकाे संचालक समितिको बैठकले आर्थिक वर्ष २०७८/७९ का लागि लगानीकर्ताहरुलाई संचित मुनाफाबाट कुल १५ प्रतिशत लाभांश दिने निर्णय गरेको हो।

साल्ट ट्रेडिङले लगानीकर्ताहरुलाई चुक्ता पुँजीको १० प्रतिशत बोनस सेयर वितरण गर्ने भएको छ। यस्तै कर प्रयोजनका लागि ५ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको हो। हाल कम्पनीको चुक्ता पुँजी रू २५ करोड ३५ लाख रहेको छ।

साल्ट ट्रेडिङले आव २०७७/७८ मा लगानीकर्तालाई १० प्रतिशत बोनस सेयर र ०.५ प्रतिशत नगद लाभांश वितरण गरेको थियो।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x