नेउवा महासंघको निमित्त महानिर्देशकमा गोपाल तिवारी नियुक्त

काठमाडौं, १४ जेठ । नेपाल उद्योग वाणिज्य महासंघको निमित्त महानिर्देशकमा गोपाल प्रसाद तिवारी नियुक्त भएका छन् । सार्वजनिक–निजी क्षेत्र, नेपालस्थित विभिन्न दातृ निकायहरू र संचार क्षेत्रमा लामो समय बिताएका तिवारी पछिल्लो पटक नेपाल सरकारबाट प्रवद्र्धित एवं सार्वजनिक–निजी संवाद प्रतिष्ठानको रूपमा रहेको नेपाल व्यवसाय मञ्चमा सल्लाहकार⁄परामर्शदाताको रूपमा कार्यरत थिए ।

अर्थतन्त्रसँग प्रत्यक्ष जोडिएका विभिन्न प्रतिष्ठित संघ÷स“स्थाहरूसँग आवद्ध तिवारी निजी क्षेत्र, आर्थिक व्यवसायिक विषयवस्तुका साथै समग्र अर्थतन्त्रका जानकार मानिन्छन् । अर्थशास्त्रमा स्नातकोत्तर उनी नेपालमा लगानीको वातावरण सुधार सम्बन्धी विषयमा विद्याबारिधी गर्दै छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *