Date

शुक्र, बैशाख ७, २०८१
Fri, April 19, 2024

विदेशमा लगानी गर्नेलाई राष्ट्र बैंकले कारबाही गर्ने

विदेशमा लगानी गर्नेलाई राष्ट्र बैंकले कारबाही गर्ने

काठमाडाैं, ३० पुस । नेपाल राष्ट्र बैंकले नेपालमै बसोवास गर्ने नागरीकले विदेशमा कुनै पनि प्रकारको लगानी गर्न प्रतिबन्ध लगाएकाे छ । राष्ट्र बैंकले एक विज्ञप्ति जारी गर्दै विदेशी विनिमय ऐनले विदेशमा लगानी गर्न प्रतिबन्धित गरेको र तोकिएको व्यवस्थाबाहेक कानुनविपरीत विदेशमा लगानी गरेको भेटिएमा कारबाही गरिने जनाएकाे हाे ।

‘कुनै पनि किसिमले विदेशमा लगानी हुने गरी कुनै पनि कार्यहरू जस्तै : विदेशमा घर–जग्गा खरिद, धितोपत्र खरिद, सम्पत्ति खरिद, विदेशी बैंक तथा वित्तीय संस्थामा निक्षेप जम्मा गर्नेलगायतका पुँजीगत प्रकृतिका कारोबार (सोसम्बन्धी प्रचार–प्रसारसमेत) र यस बैंकले तोकिदिएको व्यवस्थाबमोजिम बाहेक विदेशमा भुक्तानी हुनेसम्बन्धी कार्य नगर्नू–नगराउनू ’ विज्ञप्तिमा उल्लेख छ ।

यस्ताे कार्य गरे वा गराएको पाइएमा कानुनबमोजिम कारबाही हुने राष्ट्र बैंकले जनाएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x