प्रदेश ३ ले यस वर्षलाई उद्योग बर्षको रुपमा मनाउने

कठमाडौं, जेठ १४ । प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले आफ्नो प्रदेशले आगामी वर्षलाई औद्योग बर्षको रुपमा घोषणा गर्न लागेको बताएका छन् । चितवनमा भएको एक कार्यक्रममा पौडेलले उद्योगको विकास र विस्तार नै प्रदेश सरकारको मुख्य प्राथमिकता रहेको बताउदै यस बर्ष प्रदेशले औद्योगिक वर्षको रुपमा मनाउन लागेको बताए ।  उद्योग वर्ष भित्र हाम्रो प्रदेशमा दर्ता भएका कुनै पनि उद्योगलाई हामी ५ वर्ष कुनै पनि कर लिदैनौँ, त्यो नीति लिने प्रदेश सरकारको तयारी छ । उनले उद्योग दर्ता गर्न झन्झट रहेको औल्याउँदै उनले अब एउटै ढोकाबाट पसेपछि सबै काम सम्पन्न हुनेगरी नीति ल्याउन लागेको जनाए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *