५.७१ अंकले बढ्याे नेप्से परिसूचक, ३ अर्ब ४ करोडकाे काराेबार
काठमाडौं, ५ माघ । बिहिबार नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक सामान्य अंकले बढेको छ । नेप्से परिसूचक आज ५.७१ अंकले बढेर दुई हजार एक सय ७८ दशमलब ८१ विन्दुमा बन्द भएको हो ।
त्यस्तै, आज तीन अर्ब चार करोड ४५ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । आज कारोबार भएका कम्पनीमध्ये ८५ वटा कम्पनीको शेयरमूल्य बढेको छ भने १०८ वटा कम्पनीको शेयरमूल्य घटेको छ । १४ वटा कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।
नेप्सेका अनुसार दुई कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । आज आदर्श लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता ८४८.२० रुपैयाँ पुगेको छ भने मैलुङ खोला जलविद्युत कम्पनीको शेयरमूल्य ९.५४ प्रतिशतले बढेर प्रतिकित्ता ४९८.४० रुपैयाँ पुगेको छ ।
आज कुमारी धनवृद्धि योजनाको शेयरमूल्यमा सबैभन्दा बढी गिरावट भएको छ । यसको शेयरमूल्य ८ प्रतिशत भन्दा बढीले घटेको छ ।