Date

शुक्र, बैशाख ७, २०८१
Fri, April 19, 2024

प्रदेश १ मा ‘डेस्टिनेसन मार्केटिङ कन्क्लेभ २०२३’ भव्य रुपमा सम्पन्न

प्रदेश १ मा ‘डेस्टिनेसन मार्केटिङ कन्क्लेभ २०२३’ भव्य रुपमा सम्पन्न

मोरङ, १८ माघ । आकर्षक पर्यटकीय गन्तव्य बनाउने उदेश्यले प्रदेश १ मा डेस्टिनेसन मार्केटिङ कन्क्लेभ २०२३ भव्य रुपमा सम्पन्न भएको छ । माप्यासिफिकएसिया ट्राभल एसोसिएसन (पाटा) नेपालद्धारा आयोजित उक्त कार्यक्रम जनवरी २७ देखी ३० सम्म ४ दिन चलेको थियो ।

आन्तरिक र सिमापार पर्यटन सबलिकरणको नाराका साथ भएको कन्क्लेभमा नेपाल, भारत, बंगलादेश देखी अमेरिकासम्मका पर्यटन गन्तव्यका नेतृत्वदायी विज्ञहरु, पर्यटन उद्योगका विज्ञहरु, र अपरेटरहरु समेत गरेर २०० भन्दा बढिको सहभागी थिए ।

चार दिने कार्यक्रममा भेडेटार, धनकुटा, धरान, बराह क्षेत्रको स्थलगत गन्तव्य अवलोकन भ्रमण तथा पर्यटकिय गतिविधि लगायत विभिन्न कार्यक्रमहरु गरीएको थिए ।
जनवरी ३० मामोरङस्थित नेपाली रिका होटलमा एक दिने कन्क्लेभ भएको थियो। चार दिनको दौरानमा सहभागीहरुले सामुदायिक पर्यटन अनुभवहरु, अन्तरक्रियात्मक भेटवार्ताहरुका साथै पर्यटन क्षेत्रका सरोकारवाला, उद्यमी देखी नेतृत्वहरुको प्रदेश १ को पर्यटन विकासका विभिन्न आयाम बारे विचार विमर्श तथा छलफलहरु भएको थियो ।

कार्यक्रमले सहभागीहरुलाई व्यवशायिक संजाल विस्तारको महत्वपूर्ण अवसर समेत प्रदान गरेको थियो । कन्क्लेभको औपचाारिक उद्द्धघाटन प्रदेश १ का मुख्यमन्त्री हिक्मत कार्कीले गरेका थिए । मुख्यमन्त्री कार्कीले कार्यक्रमलाई सम्बोधन गर्दै यस्ता कार्यक्रम प्रदेश १ लाई मुख्य पर्यटकीय गन्तव्यको विकासका रुपमा कोषे ढुङ्गा सावित हुने बताए ।

 

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x