Date

शुक्र, बैशाख ७, २०८१
Fri, April 19, 2024

मुक्तिनाथ विकास बैंकका ग्राहकहरुलाई चिरायू नेशनल अस्पतालमा १० प्रतिशतसम्म छुट

मुक्तिनाथ विकास बैंकका ग्राहकहरुलाई चिरायू नेशनल अस्पतालमा १० प्रतिशतसम्म छुट

काठमाडाैं, १८ माघ । मुक्तिनाथ विकास बैंकले आफ्ना भिषा डेविट कार्डवाहक ग्राहकहरुलाई थप सेवा दिन काठमाडौंको बसुन्धरामा रहेको चिरायू नेशनल अस्पताल एण्ड मेडिकल संस्थानसँग विभिन्न सेवाहरुमा १० प्रतिशत सम्म छुट प्रदान गर्ने गरी सम्झौता गरेको छ ।

यस सम्झौता पश्चात मुक्तिनाथ विकास बैंकका भिषा डेविट कार्डवाहक ग्राहकहरुले चिरायू नेशनल अस्पतालमा विभिन्न सेवाहरुमा १० प्रतिशत सम्म विशेष छुट पाउन सक्नेछन् । बैंकको यस सहकार्यबाट बैंकका ग्राहकवर्गहरु लाभान्वित हुने र स्वास्थ्य उपचारमा पहुँच पुग्ने विश्वास बैंकले लिएको छ ।

साथै, बैंकले डिजिटल कारोबारलाई प्रोत्साहन गर्न यस विकास बैंकको एटिएम कार्ड प्रयोग गरी नेपालभरी रहेको ख्क्ष्क्ब् ल्भतधयचप मा आवद्ध अन्य जुन सुकै बैंकको एटिएम मेसिन बाट निशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ ।

त्यसै गरी प्रिपेड डलर कार्ड , मोबाईल बैंकिङ्ग, क्यूआर कोड, अनलाईन कर्जा आवेदन, अनलाईन खाता खोल्ने, ईन्टरनेट बैंकिङ्ग, खाता मै रेमिट्यान्स जम्मा तथा मिस्डकल बैंकिङ्ग (बचत सेवाको लागिः ९८०१११००२२, कर्जा सेवाको लागिः ९८०१११००२३) आदि जस्ता सेवाहरु बैंकको शाखामा भौतिक रुपमा उपस्थित नभई घरबाटै उपयोग गर्न सकिने व्यवस्था गरेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x