सेयर बजारमा झिनाे अंककाे सुधार, कारोबार रकम २ अर्ब नजिक
काठमाडाैं, २२ माघ । साताको पहिलो कारोबार दिन सेयर बजार मापक नेप्से परिसूचक सामान्य बढेकाे छ । आज १.५४ अंकले बढेको नेप्से परिसूचक २०९६.०८ बिन्दुमा रोकिएको हाे ।
बजारमा आज २५८ कम्पनीको ५२ लाख ६ हजार ३७० कित्ता सेयर किनबेच हुँदा १ अर्ब ९३ करोड १७ लाख १९ हजार १०३ रुपैयाँको कारोबार भएको छ ।
आज कारोबार भएका कम्पनीमध्ये १०८ वटा कम्पनीको शेयरमूल्य बढेको छ भने १०१ वटा कम्पनीको शेयरमूल्य घटेको छ । ७ वटा कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।
नेप्सेका अनुसार दुई कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । आज आदर्श लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता दुई हजार एक सय २१ रुपैयाँ पुगेको छ र पोखरा फाइनान्सको शेयरमूल्यमा ८.४९ प्रतिशतले बढेर प्रतिकित्ता ४२५.३० रुपैयाँ पुगेको छ ।
आज इष्टर्न हाइड्रोपावर लिमिटेडको शेयरमूल्यमा सबैभन्दा बढी गिरावट भएको छ । यसको शेयरमूल्य ५ प्रतिशत भन्दा बढीले घटेको छ ।