Date

मङ्ल, मंसिर ११, २०८१
Tue, November 26, 2024

५० लाख जरिवानासहित यी ४ वाणिज्य बैंक परे राष्ट्र बैंककाे कारवाहिमा

५० लाख जरिवानासहित यी ४ वाणिज्य बैंक परे राष्ट्र बैंककाे कारवाहिमा

काठमाडौं, २६ माघ । चार वाणिज्य बैंकहरू नेपाल राष्ट्र बैंककाे कारवाहिमा परेका छन् । प्राइम कमर्सियल बैंक, कुमारी बैंक, साविक बैंक अफ काठमाण्डू (हालको ग्लोबल आइएमई बैंक) र प्रभु बैंकलाई राष्ट्र बैंकले कारवाहि गरेकाे हाे ।

राष्ट्र बैंकको बैंक सुपरिवेक्षण विभागले आर्थिक वर्ष २०७९।८० को दोस्रो त्रैमासमा विभागबाट गरिएको कारवाहीको विवरण सर्वजनिक गरेको छ । सम्पति सुद्धिकरण समबन्धि ऐन र निर्देशनको उल्लघन गरेकोले यी बैंकहरूलाई कारवाही गरिएको राष्ट्र बैंकले सूचना निकालेर जानकारी गराएको हाे । सार्वजनिक विवरणअनुसार यी चारवटा बैंक नगद जरीवानासहित कारवाहिमा परेका हुन् । राष्ट्र बैंकले चारै वाणिज्य बैंकलाई ५०/५० लाख नगद जरिवाना गरेको छ ।

जरिवानाको क्रममा राष्ट्र बैंकले माछापुच्छ्रे बैंक र सानिमा बैंकलाई सचेत गराएको छ । राष्ट्र बैंकका अनुसार एकीकृत निर्देशन, २०७८ को कार्यान्वयनको सम्बन्धमा क्यापिटल एडिक्वसी फ्रेमवर्क २०१५ अनुसार जोखिम भारित सम्पत्ति गणना नभएको कारणले पुँजीकोष पर्याप्तताको यथार्थ विवरण पेश नगरेको देखिएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x