पुँजीगत लाभ करको सिमा बढ्यो, भ्याट भने गरियो खारेज
काठमाडौं, १६ जेठ । सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत पुँजीगत लाभकरको दरमा परिमार्जन गरेको छ । बजेट वक्तव्य अनुसार व्यक्तिगतको हकमा पुँजीगत लाभकर ७.५ प्रतिशत कायम गरिएको छ । यस्तै संस्थागत लगानीकर्ताको हकमा पुँजीगत लाभकर यथावत नै राखिएको छ ।
यसअघि व्यक्तिगत लगानीकर्ताहरुले ५ प्रतिशत र संस्थागत लगानीकर्ताहरुले १० प्रतिशत पुँजीगत लाभकर तिर्दै आएको थियो ।
यता बजेटले शेयर दलालहरुको कमिसनमा लाग्ने मुल्य अभिबृद्धि कर भने खारेज गरेको छ ।