बिहिबार २१.१५ अंकले घट्याे शेयर बजार, १ अर्ब ६८ करोडकाे काराेबार

काठमाडौं, ४ माघ । बिहीबार सेयर बजार मापक नेप्से २१.१५ अंकले घटेको छ । बुधबार १६ अंकले घटेको नेप्से आज २१.१५ अंकले ओरालो लागेर २०७०.४१ को बिन्दुमा पुगेको हाे ।
त्यस्तै, आज नेप्से घटेसंगै कारोबार रकममा पनि गिरावट आएको छ । आज २५६ कम्पनीको १ अर्ब ६८ करोड ४९ लाख ४२ हजार ९६ रुपैयाँ बराबरको ४७ लाख ४७ हजार ५६७ कित्ता सेयर किनबेच भएको छ ।
नेप्सेका अनुसार आज कारोबार भएका कम्पनीमध्ये १५ वटा कम्पनीको शेयरमूल्य बढेको छ भने १९७ कम्पनीको शेयरमूल्य घटेको छ । ४ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।