Date

सोम, बैशाख ८, २०८२
Mon, April 21, 2025

नेपालको पर्यटन प्रवर्द्धन गर्न रुसमा ‘नेपाल प्रमोसन इभेन्ट’

नेपालको पर्यटन प्रवर्द्धन गर्न रुसमा ‘नेपाल प्रमोसन इभेन्ट’

काठमाडौं, ६ फागुन । नेपाली पर्यटन, आर्थिक कूटनीतिका अवसरहरुलगायत समग्र नेपालको प्रवर्द्धन गर्ने हेतुले आज नेपाली राजदूतावास मस्कोमा ‘नेपाल प्रमोसन इभेन्ट, २०२३’ कार्यक्रम गरिएको छ ।

कार्यक्रममा मस्कोका प्रतिष्ठित रूसी पर्यटन व्यवसायी, नेपालमा उडान गर्ने तथा उडान गर्न इच्छुक विभिन्न एअरलाइन्सका प्रतिनिधि, पर्यटन पत्रकार, हिमाल आरोही, कूटनीतिज्ञ, व्यवसायी, गैरआवासीय नेपाली सङ्घका प्रतिनिधिलगायतको सहभागिता रहेको मस्कोस्थित नेपाली दूतावासले जनाएको छ । कार्यक्रममा रुसका लागि नेपाली राजदूत मिलनराज तुलाधरले नेपालमा रुसी पर्यटक तथा पर्यटन व्यवसायीका लागि बहुआयामिक अवसर रहेको र त्यसको सदुपयोग गर्न अनुरोध गरेका थिए ।

कार्यक्रममा अतिथि वक्ताका रूपमा सोभियत हिरो तथा कस्मोनाट भ्लादमीर अलेक्जेड्रोभिच द्जानिबेकोभ, नेपालका लागि रूसी महासङ्घका पूर्वराजदूत भ्लाच्किन सेर्गेइ भासिलिभिच, गैरआवासीय नेपाली सङ्घ अन्तर्राष्ट्रिय समन्वय परिषद्का अध्यक्ष डा बद्री केसी, गैरआवासीय नेपाली सङ्घ राष्ट्रिय समन्वय परिषद् रुसका अध्यक्ष शिवमणि भुर्तेल, रूसी आरोही इभान ट्रफिमोभिच दुसारिनलगायतले नेपालको पर्यटन, हिमाल आरोहण, संस्कृतिलगायत विविध पक्षको सम्भावना तथा वर्तमान अवस्थाबारे चर्चा गरका थिए ।
कार्यक्रममा नेपाली संस्कृतिको झल्को दिने गरी जीवित देवी ‘कुमारी’ को प्रदर्शनी गरिनुका साथै नेपाली सांस्कृतिक नृत्यहरू प्रस्तुत गरिएको थियो भने नेपाली परिकारसहितको रात्रिभोजको आयोजना गरिएको थियो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x