लक्ष्मी बैंकको दुई नयाँ एक्सटेन्सन काउण्टर पोखरामा

काठमाडाैं, ७ फागुन । लक्ष्मी बैंकले आफ्नो संजाल विस्तार गर्ने क्रममा आफ्ना २ नयाँ एक्स्टेन्सन काउन्टर संचालनमा ल्याएकोे छ । कास्कीको पोखरा महानगरपालि वडा नं ११ स्थित मनिपाल अस्पताल र वडा नं १७ स्थित हिमालय आँखा अस्पतालमा एक्स्टेन्सन काउन्टर स्थापना गरिएको हो ।
यी एक्स्टेन्सन काउन्टरहरुको शुरुवातसँगै लक्ष्मी बैंकको शाखा संजाल ५० जिल्लामा १४४ शाखा, १६ एक्सटेन्सन काउन्टर र ५ हस्पिटल सेवा काउन्टर, १७९ एटिएम, २५०० भन्दा बढि रेमिटेन्स् एजेन्ट तथा ६९ शाखारहित बैंकिङ्ग एजेन्टहरु पुगेको छ ।
यसको साथ आफ्नो सेवा अझ सुदृढ अनि व्यापक बनाउने विश्वास राखेको बैंकले जनाएको छ । सुविधाजनक बचत खाता योजना, मुद्दती निक्षेप योजना, घर तथा सवारी कर्जा, सानाव्यवसायी कर्जा, लघुवित्तलगायतका वित्तीय सेवाहरुको बढ्दो मागलाई पूरा गर्न बैंकले नयाँ तथा वित्तीय पहुँच नपुगेका क्षेत्रहरुमा सक्रिय रुपमा सेवा विस्तार गर्दै आएको छ ।