Date

शनि, बैशाख ६, २०८२
Sat, April 19, 2025

कृषि विकास बैंकको सीईओमा गोविन्द गुरुङ नियुक्त

कृषि विकास बैंकको सीईओमा गोविन्द गुरुङ नियुक्त

काठमाडौं, ७ फागुन । कृषि विकास बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा चार वर्षे कार्यकालका लागि गोविन्द गुरुङ नियुक्त भएका छन् । अनिल उपाध्याय चार वर्षे कार्यकाल पुरा गरेर अवकाश भएपछि रिक्त रहेकाे प्रमुख कार्यकारी अधिकृत पदमा चारवर्षे कार्यकालको लागि गुरुङको नियुक्ति भएको हो ।

कृषि विकास बैंकको सञ्चालक समितिले खुला प्रतिस्पर्धाबाट शनिवार गुरुङलाई सीईओमा नियुक्त गरेको हो ।

हिमालयन बैंकबाट बैंकिङ करिअर सुरु गरेका गुरुङको सिभिल बैंकमा सीईओको रुपमा काम गरेको अनुभव छ । उनले ग्लोबल आईएमई तथा मेगा बैंकमा समेत काम गरेका छन् । सिभिल बैंक छाडेपछि गुरुङ म्यानमारको बैंकमा सीईओ भएर काम गरेका थिए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x