Shangrila

मञ्जुश्री फाइनान्सको बोनस शेयर स्विकृत

काठमाडौं, १७ जेठ । मञ्जुश्री फाइनान्सले शेयरधनीहरुलाई प्रस्ताव गरेको बोनस शेयर नेपाल राष्ट्र बैंकले स्विकृत गरेको छ । फाइनान्सले हालको चुक्ता पुँजी ७२ करोड ४३ लाख रुपैयाँको ६ प्रतिशतले हुन आउने ४ करोड ३४ लाख ६२ हजार ७१० रुपैयाँ बराबरको बोनस शेयर प्रस्ताव गरेको थियो । यस्तै फाइनान्सले उक्त बोनस शेयरमा लाग्ने कर ०.३२ प्रतिशत नगद लाभांश समेत दिने भनिएको छ ।

फाइनान्सले प्रस्ताव गरेको उक्त बोनस शेयर र नगद लाभांश आगामी वार्षिक साधारण सभाले पारित गर्नेछ । बोनस शेयर पारित भए पछि फाइनान्सको चुक्ता पुँजी ७६ करोड ७७ लाख रुपैयाँ पुग्ने छ ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *