Date

बिहि, भदौ २७, २०८१
Thu, September 12, 2024

सोलुखोला दूधकोसी जलविद्युत् आयोजना: निजी क्षेत्रले ठूला आयोजना बनाउन सक्ने प्रमाण

सोलुखोला दूधकोसी जलविद्युत् आयोजना: निजी क्षेत्रले ठूला आयोजना बनाउन सक्ने प्रमाण

काठमाडौं, २४ फागुन । नेपालको पहिलो नेपाली प्रवद्धकहरुको लगानीमा ८६ मेगावाटको सोलुखोला दूधकोसी जलविद्युत् आयोजना विधिवत रुपमा उद्घाटन गरी सञ्चालनमा आएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मंगलबार काठमाडौंमा विशेष समारोहबीच आयोजना उद्घाटन नेपाल विद्युतमा आत्मनिर्भर हुने दिशातिर बढेको बताउँदै देशभित्र बढी भन्दा बढी विद्युत खपत बढाउनु पर्ने तिर सोच्नु पर्ने बताए ।

उनले विद्युतको विक्रि वितरणबाट व्यापार सन्तुलन गर्न सङ्केत देखिएको भन्दै देशको समग्र राष्ट्रिय अर्थतन्त्रको वा मुलुकको आर्थिक विकासको लागि हाइड्रोले विषेश भुमिका निर्वाह गर्ने बताए ।

यस्तै साहस उर्जा लिमिटेडका अध्यक्ष खेम पाठकले यो सफलता ५०० मेगावाट सम्मको जलाशययुक्त आयोजना स्वदेशी पूँजीमा नै निमार्ण गर्न सक्छौं भन्ने दरिलो उदाहरण भएको बताए । यसले नीजि क्षेत्रलाई अझै ठूला परियोजना निमार्ण गर्न उत्साह प्राप्त भएको समेत उनले बताए ।

यरियोजना निर्माणका क्रममा आएका महाभूकम्प, कोभिड १९ को असर तथा अनुमान गरीएभन्दा भिन्न भौगोलीक अवस्था , निमार्ण सामग्री तथा इन्धनमा भएको मूल्य वृद्धि जस्ता विभिन्न चुनौतिकाबीच पनि आयोजना सम्पन्न गर्न सफल भएको खुशी व्यक्त गरे ।

यस हाइड्रोमा नीति क्षेत्रको वाणिज्य बैंक नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले अगुवाइमा १० वाणिज्य बैंक तथा वित्तिय संस्थाको ८ अर्ब ६५ करोड लगानी रहेको छ । अन्य रकम भने कम्पनीले स्वपुँजीका रूपमा लगानी गरेको छ । कुल साढे तीन अर्ब रुपैयाँ पुँजी भएको यस कम्पनीमा आठ हजार एक सय १५ जना संस्थापक सेयरधनी छन्, जुन अन्य जलविद्युत् प्रवद्र्धक कम्पनीको भन्दा धेरै हो । यस कम्पनीमा दुई अर्ब ४५ करोड रुपैयाँ संस्थापक र एक अर्ब पाँच करोड रुपैयाँ सर्वसाधारणको सेयर रहेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x