ताेलामा ८०० रूपैयाँले बढ्याे सुनकाे मूल्य, चादीकाे स्थिर

काठमाडौं, २६ फागुन । शुक्रबार नेपाली बजारमा सुनकाे मूल्य बढेकाे छ । आज एकैदिन सुनकाे मूल्य ताेलामा ८ सय रूपैयाँले बढेको हाे ।
बिहीबार, छापावाल सुनको मूल्य प्रतितोला १ लाख १ हजार रुपैयाँ कायम भएकोमा आज ८ सय रूपैयाँले बढेर १ लाख १ हजार ८ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, तेजावी सुनको मूल्य प्रतितोला १ लाख १ हजार ३ सय रुपैयाँ कायम भएको छ ।
त्यसैगरी, बिहीबार चाँदीको मूल्य प्रतितोला १२ सय २० रुपैयाँ कायम भएकोमा आज पनि सोहि मूल्य कायम भएको छ ।