Date

आइत, बैशाख ७, २०८२
Sun, April 20, 2025

राष्ट्रिय वाणिज्य बैंक र नागरिक लगानी कोषबीच सम्झौता

राष्ट्रिय वाणिज्य बैंक र नागरिक लगानी कोषबीच सम्झौता

काठमाडाैं, २६ फागुन । राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र नागरिक लगानी कोषका बीचमा सहकार्य, कार्यगत एकता, आपसी सहयोग र दुबै पक्षका बीचमा हुने बिभिन्न किसिमका कारोवारलाई निरन्तरता दिने र दुवै संस्था बीचको सुमधुर सम्बन्धलाई भविष्यमा अझ थप मजबुत बनाउदै डिजिटल प्रबिधिको उच्चतम प्रयोगमा जोड दिने उद्देश्यले सम्झौता भएको छ । सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र कोषका कार्यकारी निर्देशक रमण नेपालले हस्ताक्षर गर्नुभएको छ ।

कोषले विभिन्न योजनाका सहभागी योगदानकर्ता कार्यालयहरुको योगदान रकम संकलन गर्नका लागि यस अघि देखि राष्ट्रसेवक कर्मचारीहरुको कर्मचारी बचत वृद्धि अवकाश कोष कार्यक्रम र राष्ट्रसेवक कर्मचारीहरुको सावधिक जीवन बीमा कार्यक्रमको कट्टी रकमलाई सिजिएस (कम्प्युटराइज्ड गभरमेन्ट सिस्टम) प्रणालीबाट सहभागीहरुको कट्टी रकम पठाउंदै आएको कार्यलाई निरन्तरता दिदै कोषले विकसित गरेको वेबमा आधारित ईसर्भिस सफ्टवेयरबाट कर्मचारी बचत वृद्धि अवकाश कोष लगायत अन्य कार्यक्रमको योगदान रकम कट्टी गर्ने अन्य संगठित संस्थामा कार्यरत कर्मचारीहरुको फाँटवारी प्रविष्ट गरिसकेपछि सहभागी योगदानकर्ता कार्यालयले सब्मीसन नम्बर तथा कार्यालय कोड सहितको पेमेन्ट स्लिप र आफ्नो चेक वा नगद राष्ट्रिय वाणिज्य बैंक लिमिटेडका शाखाहरुमा पेश गरेको अवस्थामा सम्बन्धित सहभागीको खाताबाट रकम कट्टी गरी सबै बैंक शाखाहरुले सब्मीसन नम्बर र कार्यालय कोड प्रयोग गरी नेपाल क्लियरिङ्ग हाउसको बैंक सेन्ट्रल सफ्टवेयर मार्फत बैंकमा रहेको कोषकोे खातामा जम्मा गरिदिनेछन ।

यसले गर्दा रकम समयमै जम्मा भई हिसाव मिलान हुने तथा कर्मचारीहरुको खातामा सोझै रकमहरु जम्मा हुने हुँदा सहज हुने विश्वास गरिएको छ । साथै, सम्पुर्ण सरोकारवाला निकायहरुले पनि यसै प्रबिधिको प्रयोग गरी रकम जम्मा गर्नुहुन समेत अनुरोध गरिएको छ ।

उक्त कार्यक्रममा कोषका निर्देशक गोपाल घिमिरे र बैंकका भुक्तानी तथा फस्र्यौट विभागका विभागीय प्रमुख ऋषि राम ढकाल, मार्केटिङ विभागका विभागीय प्रमुख अच्युत गौतम, ट्रेजरी विभागका विभागीय उप प्रमुख सरोज कोईराला र प्रबन्धक बिमल जोशिको उपस्थिती रहेको थियो । बैंकको हाल ७ प्रदेश, ७७ जिल्लाका सबै सदरमुकाममा सहित २६५ वटा शाखा कार्यालय, ४६ वटा एक्सटेन्सन काउन्टर, २६८ वटा एटिएम र १०२ वटा शाखा रहित बैंकिङ्ग, क्युआर काेड सेवा, क्रेडिट कार्ड, डेविट कार्ड, कनेक्ट आइपीएस, स्मार्ट क्युआर टेलर  (बिना चेक रकम झिक्न सकिने), ईन्टरनेट बैंकिङ, परिष्कृत रुपको मोवाईल बैंकिङ्ग तथा बिना ईन्टरनेट चल्ने युएसएसडी मोवाईल बैंकिङ्गका सेवाहरु समेत संचालनमा रहेका छन ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x