आइतबार २६.८० अङ्कले घट्याे नेप्से परिसूचक, कारोबार रकममा भने सुधार

काठमाडौं, २८ फागुन । साताको कारोबारको पहिलो दिन आइतबार सेयरबजार मापक नेप्से पिरसूचक दाेहाेराे अंकले घटेकाे छ । आज नेप्से २६.८० अंकले घटेर एक हजार ९ सय ७५ दशमलव ८९ विन्दुमा बन्द भएको हो ।
आज नेप्से परिसूचक घटेपनि कारोबार रकममा भने वृिद्ध भएको छ । आज नेप्सेमा एक अर्ब ६६ करोड ६९ लाख बराबरको कारोबार भएको छ । बिहिबार नेप्सेमा एक अर्ब ५६ करोड ५५ लाख बराबरको कारोबार भएको थियो ।
आज कारोबार भएका कम्पनीमध्ये २६ वटा कम्पनीको शेयरमूल्य बढेको छ भने १८६ कम्पनीको शेयरमूल्य घटेको छ । ६ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ । नेप्सेका अनुसार आज एक कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । शुभम पावर लिमिटेडको शेयरमूल्य ९.९९ प्रतिशतले बढेर प्रतिकित्ता ३५२.६० रुपैयाँ पुगेको छ ।
आज गुडविल फाइनान्स लिमिटेड डिबेञ्चर र हिमालयन बैंकको शेयरमूल्यमा सबैभन्दा बढी गिरावट भएको छ । यसको शेयरमूल्य ७ प्रतिशत भन्दा बढीले घटेको छ । त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी शिवम् सिमेन्ट कम्पनीको भएको छ । यसको आज ८ करोड २१ लाखभन्दा बढीको कारोबार भएको छ ।