Date

शुक्र, बैशाख २१, २०८१
Fri, May 3, 2024

अर्थतन्त्रमा देखा परेका समस्या समाधानका लागि उद्योग संगठन मोरङको अपिल

अर्थतन्त्रमा देखा परेका समस्या समाधानका लागि उद्योग संगठन मोरङको अपिल

काठमाडाैं, २८ फागुन । लामो समयदेखि मूलूकको अर्थतन्त्र र उद्योग व्यवसाय क्षेत्रमा छाएको मन्दीले देशको अर्थतन्त्रमा प्रत्यक्ष असर पारेको छ । बजारमा व्याप्त आर्थिक शिथिलताका कारण बजार मागमा कमि आएको, वांकी वक्यौता उठ्न कठिनाई भएको तथा उद्योगी व्यवसायीलाई वित्तिय व्यवस्थापनमा कठिनाई भई उद्योगी व्यवसायीहरुलाई आफ्ना कलकारखाना बन्द गर्नुपर्ने बाध्यात्मक अवस्थामा ल्याई पु¥्र्याएको छ ।

समग्र अर्थतन्त्रका सूचकांकहरु लगातार ऋणात्मक भइरहदा एवं नीजि क्षेत्रले उद्योग व्यवसाय क्षेत्रमा गरेको ठुलो लगानी जोखिम उन्मुख भईरहदा समेत सरकारको ध्यान अर्थतन्त्रको व्यवस्थापनमा भन्दा पनि वढी राजनीतिक बिषयमा मात्रै केन्द्रित हुनु दुःखद भएको हाम्रो ठहर छ । उपयुक्त विधि, नीति तथा प्रकृयाबाट अर्थतन्त्रलाई सहि ट्रयाकमा ल्याउन अहोरात्र काम गर्नुपर्ने यस क्षेत्रसंग प्रत्यक्ष सरोकार राख्ने अर्थ तथा उद्योग मन्त्रालय नै नेतृत्व विहिन अवस्थामा राखिनुले उद्योगी व्यवसायीका समस्या एवं समग्र अर्थतन्त्रको समस्या प्रति सरकार संवेदनशिल नभएको प्रष्ट हुन्छ ।

विगतको सक्रमणकालिन अवस्था पश्चात भएको राजनीतिक व्यवस्थापनसंगै देशको आर्थिक एवं औद्योगिक विकासका सन्दर्भमा साझा आर्थिक एजेण्डा तय भई अर्थतन्त्रले गतिलिने उद्योगी व्यवसायी र आमसर्वसाधारणको चाहनाको सम्वोधनमा नेतृत्व वर्गले सदैव नजरअन्दाज गरिदा सबैलाई चिन्तित वनाएको छ । राजनैतिक प्रकृतीका समस्याहरुको समाधानमा रातोरात बैठक छलफल गरि सहमती जुटाउने र निकास निकाल्ने उच्च राजनैतिक नेतृत्वले अर्थतन्त्रका विद्यमान चुनौतीहरुलाई सम्बोधन गर्न समेत यहि प्रकृतिको तत्परताका साथ सामाधन खोज्न हार्दिक अपिल गर्दछौ ।

राजनीतिक र आर्थिक व्यवस्थापनको समानान्तर विकासले मात्र समृद्ध राष्ट्र निर्माण हुने यर्थाथलाई आत्मसात गरी अर्थतन्त्र र उद्योग व्यवसाय क्षेत्रमा देखिएको विद्यमान भयावह स्थितिलाई नजरअन्दाज नगर्न तथा समग्र अर्थतन्त्र शिथिल भएको यो यथार्थलाई गम्भिरतापूर्वक लिन आग्रह गर्दछौ । तरलता अभाव, ब्याजदर बृद्धि, बजार मागमा कमी मात्र होइन अन्तराष्ट्रिय स्तरमा भएको मूल्य बृद्धि, कच्चा पदार्थ एवं इन्धनको मूल्य बृद्धिको चाप समेत प्रत्यक्षरुपमा उत्पादन लागतमा परेको कारणले अहिलेको यो समस्याको प्रकृति जटिल छ । तषर्थ सामान्य प्रकृतिको टालटुले समाधानले अहिलेको आर्थिक समस्याबाट निकास नदिने भएकोले यस्को दिगो समाधानका लागि नीजि क्षेत्रलाई समेत साथमा लिई यथाशक्य उचित कदम चाल्न उद्योग संगठन मोरङ नेपाल सरकार तथा सरोकारवाला सम्वन्धित सबैमा हार्दिक अपिल गर्दछ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x