Date

मङ्ल, असार २४, २०८२
Tue, July 8, 2025

झिनाे अङ्कले बढ्याे नेप्से परिसूचक, एक अर्ब १३ करोडकाे कारोबार

झिनाे अङ्कले बढ्याे नेप्से परिसूचक, एक अर्ब १३ करोडकाे कारोबार

काठमाडाैं, ३० फागुन । मंगलबार सेयर बजार मापक नेप्से परिसूचक झिनाे अंकले बढेकाे छ । आज १.८५ अंकले बढेको नेप्से परिसूचक १ हजार ९ सय ५३ विन्दुमा पुगेकाे हाे ।

आज काराेबार रकम समेत घटेकाे छ ।  यसदिन एक अर्ब १३ करोड रूपैयाँको कारोबार भएको हो। आज कारोबार भएका १२६ कम्पनीको शेयरमूल्य बढेको छ भने ७८ कम्पनीकोे शेयरमूल्य घटेको छ । यसका साथै १० कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।

नेप्सेका अनुसार दुई कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । आज युनिक नेपाल लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता १३२५.९० रुपैयाँ पुगेको छ भने शुभम पावर कम्पनीको शेयरमूल्य ९.९८ प्रतिशतले बढेर प्रतिकित्ता ४२६.५० रुपैयाँ पुगेको छ ।

नेप्सेका अनुसार एनआइसी एसिया ब्यालेन्स फण्डका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । यसको शेयरमूल्य ५ प्रतिशत भन्दा बढीले घटेको छ । त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी एनआइसी एशिया बैंकको भएको छ । यस कम्पनीको आज १० करोड ३७ लाख भन्दा बढीको कारोबार भएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *