Date

बुध, मंसिर १२, २०८१
Wed, November 27, 2024

एनआइसी एशिया बैंकले एक सर्वश्रेष्ठ बचत खाता धनीलाई दियो १० लाख बीमा रकम

एनआइसी एशिया बैंकले एक सर्वश्रेष्ठ बचत खाता धनीलाई दियो १० लाख बीमा रकम

काठमाडाैं, ३० फागुन । एनआइसी एशिया बैंकले सर्वश्रेष्ठ बचत खाता योजना अन्तर्गत एक खाता धनीलाई १० लाख रूपैयाँ बीमा बापत रकम भुक्तानी गरेको छ। बैंकले अन्नु श्रेष्ठलाई खातामा उपलब्ध बीमा वापत १० लाख रूपैयाँ दिएको हो।

उनले बैंकको जावलाखेल शाखामा ‘सर्बश्रेष्ठ बचत खाता योजना अन्तर्गत’सर्वश्रेष्ठ बण्डल सहज बचत खाता खोलेकी थिइन्।

बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सन्तोष कुमार राठीले उक्त बीमा रकम बराबरको चेक हस्तान्तरण गरे। बैंकले सो बीमा रकम नेपाल इन्स्योरेन्ससँगको सहकार्यमा भुक्तानी गरेको हो।

बैंकको बीमा सुरक्षण योजना अन्तर्गत हालसम्म देशभरका २०८० जनाभन्दा बढी ग्राहकहरूले घातक रोग बीमा वापत तीन करोड रूपैयाँ, दुर्घटना बीमा वापत रू एक करोड ३० लाख र मेडिकल बीमा वापत तीन करोड ६७ लाख गरी कुल सात करोड ९८ लाख रूपैयाँभन्दा बढी बीमा रकम पाइसकेका छन्।

यस बैंकले निक्षेप रकममा अधिकतम प्रतिफल दिने उद्देश्यका साथमा चार जनालाई पाँच वर्षका लागि ८४ लाख रूपैयाँसम्मको बीमा सुविधा रहेको ‘सर्वश्रेष्ठ बचत योजनाहरु’ सञ्चालन गरिरहेको छ।

यो योजनामा सर्वाधिक उच्च ब्याजदर, पाँच वर्षसम्म ८४ लाख रूपैयाँसम्मका तीन बीमा (१८ वटा घातक रोगहरूको बीमा, दुर्घटना बीमा र मेडिकल बीमा) जस्ता सुविधा छन्।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x