Date

आइत, मंसिर २३, २०८१
Sun, December 8, 2024

निगमको पहिलो वाइडबडी असार १४ गते आउँदै, तत्काललाई दुबई उडाइने

निगमको पहिलो वाइडबडी असार १४ गते आउँदै, तत्काललाई दुबई उडाइने

काठमाडौं, १८ जेठ । नेपाल वायु सेवा निगमले खरिद गर्न लागेका दुई मध्ये पहिलो वाइडबडी जहाज असार १४ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्न लागेको छ । निगमले उक्त वाइडबडी दक्षिण कोरियाको सिओल र जापानको ओशाका उडाउने तयारी गरिरहेको भएपनि तत्काल अवतरणका लागि अनुमति प्राप्त नभएकाले तत्कालका लागि संयुक्त अरब इमिरेट्सको दुबई उडाउने तयारी गरिरहेको छ ।
विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीका अनुसार, निगमको जहाजले सुरुमा दुबईबाट उडान गर्नको लागि त्रिभुवन विमानस्थलसँग स्लट मागेको छ । निगमले वाइडबडी जहाजमार्फत् दक्षिण कोरियाको सोल र जापानको ओसाकामा उडान भर्नको लागि प्रक्रिया अगाडि बढाएको भए पनि अनुमति पाउन सकेको छैन । निगमका प्रवक्ता रवीन्द्र श्रेष्ठका अनुसार, निगमले पहिलो चरणमा उक्त दुई गन्तव्यमा उडान गर्नको लागि सम्बन्धित मुलुकसँग अनुमति लिन प्रक्रिया केही ढिलाइ भएकाले दुबई उडान गर्न लागिएको हो । कोरिया र जापान तथा साउदी अरब नै उडान गर्ने निगमको लक्ष्य भए पनि केही ढिलाइ हुने देखिएकोले दुबईबाट उडान सुरु गर्न लागेको प्रवक्ता श्रेष्ठले बताए । निगमले हाल पनि दुबईमा एयरबस ३२०–२०० सिरिजको न्यारोवडी जहाजमार्फत् दैनिक एक उडान गर्दै आएको छ । दुबईमा हाल १ लाखभन्दा बढी नेपाली कामदारहरू रहेको अनुमान रहेको छ । दक्षिण कोरियामा कामदार भिषामा गएका झन्डै ४० हजार नेपालीहरू रहेका छन् । त्यस्तैगरी शैक्षिक भिषामा पनि वार्षिक १ हजारका दरले दक्षिण कोरिया जाने गरेका छन् भने व्यावसायिक भिषामा कोरिया जाने पनि सयौंको संख्यामा हुने गरेका छन् । जापानमा हाल ८० हजारभन्दा बढी विद्यार्थी भिषामा नेपालीहरू गएका छन् । त्यस्तै बाह्य मुलुकबाट जापानमा अध्ययनका लागि जानेहरुमा नेपालीहरु तश्रो ठूलो संख्यामा पर्छन् । जापानी पर्यटकहरु पनि ट्रान्जिट प्रयोग गरेर भन्दा सीधा उडानमा कुनै देशमा भ्रमण गर्न आकर्षित हुन्छन् । नेपालबाट सिधा उडान हुन सकेमा विशेषगरी नेपालीहरू लाभाविन्त हुनेछन् भने जापानी पर्यटकसमेत बढ्ने अपेक्षा गरिएको छ । निगमले हाल तीन वटा जहाजमार्फत् ९ वटा गन्तव्यमा उडान भर्दै आएको छ । निगमसँग हाल एयरबस ३२०–२०० सिरिजका दुई थान जहाज छन् भने एक थान बोइङ ७५७ जहाजमार्फत् उडान भर्दै आएको छ ।
अकुपेन्सी अहिलेसम्मकै उच्च निगमले पछिल्लो तीन महिनामा ५४ हजार ३ सय ३७ अन्तर्राष्ट्रिय हवाई यात्रुलाई सेवा दिएको छ । पछिल्लो तीन महिना अकुपेन्सी उच्च रहेको निगमले जनाएको छ । निगमका प्रबन्ध निर्देशक सुगतरत्न कंसाकारले वैशाखमा ८५ दशमलव ५४ प्रतिशत अकुपेन्सी रहेको बताए । उनका अनुसार फागुनमा ७७। दशमलव ४७ र चैत महिनामा ८४ दशमलव ५६ प्रतिशत अकुपेन्सी रहेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x