Date

आइत, मंसिर ९, २०८१
Sun, November 24, 2024

२६.८७ अंकले घट्याे सयर बजार, एक अर्ब २८ करोडकाे काराेबार

२६.८७ अंकले घट्याे सयर बजार, एक अर्ब २८ करोडकाे काराेबार

काठमाडाैं, १२ चैत । साताको पहिलो कारोबारको दिन आइतबार सेयर बजार मापक नेप्सेमा दोहोरो अंकको गिरावट आएको छ । आज नेप्से परिसूचक २६.८७ अंकले घटेर एक हजार ८ सय ८८ दशमलब २७ विन्दुमा बन्द भएको हो ।

त्यस्तै,  नेप्सेमा २५९ कम्पनीकाे ३७ लाख ५४ हजार ३३४ कित्ता सेयर किनबेच हुँदा  एक अर्ब २८ करोड ९३ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । कारोबार भएका १९ कम्पनीको शेयरमूल्य बढेको छ भने १९३ कम्पनीकोे शेयरमूल्य घटेको छ । यसका साथै २ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।

घटेको बजारमा आज मायाखोला हाइड्रोपावर कम्पनी र एशियन हाइड्रोपावर गरी दुई कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । दुबैकाे सेयर मूल्य ९ प्रतिशत भन्दा बढीले बढेकाे हाे ।

यस्त जाल्पा विकास लघुवित्त वित्तीय संस्था, जाल्पा सामुदायिक लघुवित्त र युनिक नेपाल लघुवित्तका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । यसको शेयरमूल्य १० प्रतिशतले घटेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x