हकप्रद पछि मिरमिरे माइक्रोफाइनान्सको मुल्य समायोजन

काठमाडौं, २० जेठ । हकप्रद शेयर प्रयोजनको लागि मिरमिरे माइक्रोफाइनान्सको शेयर मुल्य समायोजन गरिएको छ । नेपाल स्टक एक्सचेन्जले माइक्रोफाइनान्सको शेयर १७९५ रुपैयाँमा मुल्य समायोजन गरेको छ ।

मिरमिरे माइक्रोफाइनान्सलाई १ बराबर १ कित्ता अर्थात सत प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने भएको छ । माइक्रोफाइनान्सले ४ करोड ५० लाख रुपैयाँ बराबरको ४ लाख ५० हजार कित्ता हकप्रद शेयर जारी गर्ने जनाएको छ । माइक्रोफाइनान्सले जारी गर्ने हकप्रद शेयरको अंकित मुल्य एक सय रुपैयाँ रहेको छ । हकप्रद शेयर निष्कासन तथा बिक्री प्रबन्धकमा एनआईविएल एस क्यापिटललाई नियुक्त गरेको छ ।

माइक्रोफाइनान्सले जेठ २५ गते बस्ने सातौं वार्षिक साधारण सभामार्फत शेयरधनीहरुलाई ३०।८० प्रतिशत बोनस शेयर दिने भएको छ । हकप्रद शेयर र बोनस शेयर पछि माइक्रोफाइनान्सको चुक्ता पुँजी १० करोड ३८ लाख रुपैयाँ पुग्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *