Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

एशियन लाईफ इन्स्योरेन्सको बोनस र हकप्रद शेयर पारित

एशियन लाईफ इन्स्योरेन्सको बोनस र हकप्रद शेयर पारित

काठमाडौं, २० जेठ । एशियन लाईफ इन्स्योरेन्सको हिजो जेठ १९ गते बसेको १०औं वार्षिक साधारण सभाले शेयरधनीहरुलाई ४ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.२१ प्रतिशत नगद लाभांश दिने प्रस्तावलाई पारित गरेको छ । बोनस शेयर वितरण पछि इन्स्योरेन्सको चुक्ता पुँजी १ अर्ब २५ करोड रुपैयाँ पुग्नेछ ।

यस्तै सोहि साधारण सभाबाट इन्स्योरेन्सले ६० प्रतिशत हकप्रद शेयर निष्कासनको प्रस्तावलाई समेत पारित गरेको छ । इन्स्योरेन्सले जारी गर्ने ६० प्रतिशत अर्थात ७५ करोड ४० लाख रुपैयाँ बराबरको हकप्रद शेयर पछि चुक्ता पुँजी २ अर्ब १ करोड रुपैयाँ पुग्ने जनाइएको छ । इन्स्योरेन्सले यसअघि २ बराबर १ अर्थात ५० प्रतिशत हकप्रद शेयर निष्कासन गरेको थियो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x