नेपालको उद्योग, धन्दा धरासायी हुनुमा राजनीतिक दलकै संलग्नता छ : मन्त्री यादव

काठमाडौं, २० जेठ । उद्योग बाणिज्य तथा आपूर्ति मन्त्री मातृका यादवले निजीकरणका नाममा नेपालका राष्ट्रिय उद्योगधन्दाहरु धरासायी भइरहेको बताएका छन् । युनाईटेड बेभरेज प्रालिले बजारमा ल्याएको स्वदेशी उत्पादन म्याङ्गो र पिङ्क ग्वाभा जुसको लञ्चिङ समारोहमा मन्त्री यादवले उद्योग धरासायी बनाउन राजनीतिक दलकै संलग्नता रहेको आरोप लगाए ।

नेपाली वस्तु उत्पादन र निर्यातमा देखिएका कठिनाई चाँडै समाधान गर्ने भन्दै उनले यसका लागि सुझाव र सल्लाह दिन उद्योगी व्यवसायीहरुलाई आग्रह गरे । उद्योगी व्यवसायीहरुले सरकारलाई तिर्नुपर्ने कर छल्ने गरेको भन्दै मन्त्री यादवले कर छलीमा संलग्नलाई कडा कारवाही गरिने चेतावनी पनि दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *