पेट्रोलियम पदार्थको मुल्य वृद्धि फिर्ता नलिए सदन अवरोध गर्ने काग्रेसको चेतावनी
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले वृद्धि भएको इन्धनको मूल्य फिर्ता नलिए संसद् अवरुद्ध गर्ने चेतावनी दिएको छ । आइतबार संसद् बैठकमा बोल्दै कांग्रेस सांसद अतहर कमाल मुसलमानले इन्धनमा भएको मूल्यवृद्धि फिर्ता नलिए संसद् अवरुद्ध गर्ने चेतावनी दिएका हुन् ।
उनले डिजेल र मट्टितेल ७७ रुपैयाँबाट ९५ रुपैयाँ र पेट्रोलको मूल्य ९७ रुपैयाँबाट बढेर हाल ११३ रुपैयाँ प्रतिलिटर कायम गरिएको भन्दै खेति किसानीका लागि अतिआवश्यक डिजेलको प्रति लिटर १८ रुपैयाँ मूल्यवृद्धि गरेर किसानलाई मार्न खोजेको आरोप लगाए ।
उनले मूल्यवृद्धि फिर्ता लिन सरकारलाई तत्काल रुलिङ गर्न पनि सभामुखसँग आग्रह गरे । उनको आग्रह लगतै सभामुख महराले मूल्यवृद्धिको विषयमा सरकारको ध्यानाकर्षण गराएका थिए ।