Date

शनि, जेष्ठ ५, २०८१
Sat, May 18, 2024

एकैदिन तोलामा एक हजार ८०० रुपैयाँ बढ्यो सुनकाे मूल्य

एकैदिन तोलामा एक हजार ८०० रुपैयाँ बढ्यो सुनकाे मूल्य

काठमाडौं, २० वैशाख । बुधबार नेपाली बजारमा सुनकाे मूल्य बढेकाे छ । आज सुनकाे मूल्य प्रतितोला एक हजार ८०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।

महासंघका अनुसार मंगलबार प्रतितोला एक लाख आठ हजार ८०० रुपैयाँमा कारोबार भएको छापावाल सुन आज प्रतितोला एक लाख १० हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ ।

तेजाबी सुन प्रतितोला एक लाख १० हजार ५० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ । मंगलबार तेजाबी सुन प्रतितोला एक लाख आठ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको मूल्य तोलामा २० रुपैयाँ बढेको छ । यस दिन चाँदी प्रतितोला एक हजार ४२५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x