Date

शुक्र, जेष्ठ ४, २०८१
Fri, May 17, 2024

वैदेशिक रोजगारीलाई व्यवस्थित गर्न ७५३ वटै पालिकामा नेमिस सफ्टवेयर जोड्ने तयारी

वैदेशिक रोजगारीलाई व्यवस्थित गर्न ७५३ वटै पालिकामा नेमिस सफ्टवेयर जोड्ने तयारी

काठमाडौँ, २१ वैशाख । सरकारले आन्तरिक र वैदेशिक रोजगारीलाई व्यवस्थित गर्ने उद्देश्यसहित नेपाल रोजगार सूचना व्यवस्थापन प्रणाली (नेमिस) सफ्टवेयर निर्माण गरी ७५३ वटै स्थानीय पालिकामा नेटवर्क जोड्ने तयारी गरेको छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले विश्व बैङ्कको आर्थिक सहयोगमा आउँदो आर्थिक वर्षको साउनदेखि नै उक्त नेटवर्कबाट काम गर्ने गरी तयारी भएको जनाएको छ ।

श्रम मन्त्रालयका सचिव एकनारायण अर्यालले आन्तरिक रोजगार तथा वैदेशिक रोजगारीका लागि आवश्यक जनशक्ति सो प्रणालीबाट लिन सकिने गरी सफ्टवेयर निर्माण गर्ने तयारी भएको जानकारी दिएका छन् ।

श्रम मन्त्रालयका अनुसार यो प्रणाली लागू भएपछि कानुनअनुसार सञ्चालित वैदेशिक रोजगार व्यवसायी ९म्यानपावर० कम्पनी, स्वदेशमा रोजगार दिने रोजगारदाता कम्पनी पनि सम्बन्धित स्थानीय पालिकाबाट उक्त नेटवर्कमा सूचीकृत हुनुपर्छ र बेरोजगार व्यक्ति पनि सोही पालिकाको नेटवर्कमा सूचीकृत हुनुपर्छ । सूचीकृत नभएका रोजगारदाता कम्पनी, म्यानपावर कम्पनीमार्फत बेरोजगार व्यक्तिले आफ्नो सीप, योग्यतासहित आवेदन दिएपछि आवश्यकताका आधारमा रोजगारदाताले छनोट गर्ने सचिव अर्यालको भनाइ छ ।

मन्त्रालयका अनुसार मलेसियामा सुरक्षा गार्डमा नेपाली श्रमिकको माग भयो भने श्रमिक खोज्न दलाल परिचालन गर्नु पर्दैन, सम्बन्धित रोजगारदाताकोमा आएका आवेदन हेरेर श्रमिक छनोट गर्ने भएकाले यो व्यवस्थाले वैदेशिक रोजगारीमा हुने ठगी निर्मूल नै हुने विश्वास मन्त्रालयको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x