Date

आइत, मंसिर ९, २०८१
Sun, November 24, 2024

साउदी अरेबियालाई उछिन्दै भारत बन्यो प्रशोधीत इन्धनको सबैभन्दा ठूलो आपूर्तिकर्ता

साउदी अरेबियालाई उछिन्दै भारत बन्यो प्रशोधीत इन्धनको सबैभन्दा ठूलो आपूर्तिकर्ता

काठमाडौं । साउदी अरेबियालाई उछिन्दै भारत युरोपमा प्रशोधित इन्धनको सबैभन्दा ठूलो आपूर्तिकर्ता बनेको छ। एनालिटिक्स कम्पनी केप्लरले हालै सार्वजनिक गरेको प्रतिवेदनले यूरोपको लागि प्रशोधित तेलको ठूलो आपूर्तिकर्ता बनेको हो ।

रुसले युक्रेनमा आक्रमण गरेपछि अमेरिकासमेत पश्चिमी देशहरूले रुसी तेलमा प्रतिबन्ध लगाएका थिए । यूरोपको प्रतिबन्धपछि रुसले भारत र चीनलाई भारी छूटमा कच्चा तेल बेचिरहेको छ । भारतीय कम्पनीहरूले रुसबाट तेल ल्यायर प्रशोधन गरी विदेश निर्यात गरिरहेका छन् ।

रुससँगको बाटो बन्द भएपछि यूरोपको भारतीय कच्चा तेल प्रडक्टमाथिको निर्भरता चुलिएको छ । भारतबाट यूरोपको प्रशोधित इन्धन आयात मार्च महिनामा दैनिक ३ लाख ६० हजार ब्यारेलमाथि पुगेको प्उभिच को तथ्यांकले देखाएको छ ,जुन क्बगमष् ब्चबद को भन्दा केही बढी हो ।

रुससँग सस्तोमा कच्चा तेल किन्न नसक्ने यूरोपका प्रशोधनकर्ता कम्पनीहरूका लागि प्रतिस्पर्धा झनै बढेको छ । अप्रिलमा भारतमा आइपुग्ने रुसी कच्चा तेल दैनिक २० लाख ब्यारेल नाघ्ने अनुमान भारतिय संचारमाध्यमहरुले गरेका छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x