Date

शुक्र, बैशाख १४, २०८१
Fri, April 26, 2024

९ महिनामा ४४ खर्ब ४९ अर्ब तरलता प्रवाह

९ महिनामा ४४ खर्ब ४९ अर्ब तरलता प्रवाह

काठमाडौं, ३ जेठ । चालू आर्थिक वर्षको ९ महिना अवधिमा नेपाल राष्ट्र बैंकबाट रिपोमार्फत रू. ४१३ अर्ब ९४ करोड, सोझै खरिद बोलकबोलमार्फत रू. ८९ अर्ब ७० करोड, स्थायी तरलता सुविधामार्फत रू. २७२६ अर्ब ८१ करोड र ओभरनाइट तरलता सुविधा रू. १२१८ अर्ब ६३ करोड गरी कुल रू. ४४४९ अर्ब ९ करोड (कारोबारमा आधारित) तरलता प्रवाह गरिएको छ भने रिभर्स रिपोमार्फत रू. ५ अर्ब तरलता प्रशोचन गरिएको छ । अघिल्लो वर्षको सोही अवधिमा विभिन्न उपकरणहरुमार्फत खुद रू. ६१८२ अर्ब ७२ करोड तरलता प्रवाह गरिएको थियो ।

समीक्षा अवधिमा यस बैंकले विदेशी विनिमय बजार (वाणिज्य बैंकहरु) बाट अमेरिकी डलर ४ अर्ब २७ करोड खुद खरिद गरी रू. ५५७ अर्ब ८१ करोड तरलता प्रवाह गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा विदेशी विनिमय बजारबाट अमेरिकी डलर १ अर्ब ६८ करोड खुद खरिद गरी रू. २०३ अर्ब ९ करोड तरलता प्रवाह गरिएको थियो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x