Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

सिटिजन्स बैंक र जर्मनी बैंकबीच प्रावधिक सहयोग प्रदान गर्न सम्झाैता

सिटिजन्स बैंक र जर्मनी बैंकबीच प्रावधिक सहयोग प्रदान गर्न सम्झाैता

काठमाडाैं, १० वैशाख । सिटिजन्स बैंक र के.एफ.डब्लू डेभलपमेण्ट बैंकबीच प्रावधिक सहयोग प्रदान गर्न समझाैता भएकाे छ । जर्मनीकाे के.एफ.डब्लू डेभलपमेण्ट बैंक र नेपालमा रहेकेा सिटिजन्स बैंकबीच ३५ लाख यूरो पुर्नकर्जा लगानी तथा ५ लाख बराबरको प्रावधिक सहयोग प्रदानगर्ने सम्बन्धी समझाैता भएकाे हाे ।

सरल सहज र दीगो बैंकिङ्ग सेवा प्रदान गर्दै आइरहेको यस सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले नेपालको ग्रामीण क्षेत्रमा लघु, घरेलु तथा साना उद्यम व्यवसाय प्रबर्धनका लागि जर्मन स्थित, के.एफ.डब्लू डेभलपमेण्ट बैंक (KfW Development Bank)र नेपाल राष्ट्र बैंक बीच “Sustainable Economic Development in Rural and Semi-Urban Areas – MSME Finance Phase III (SEDRA III)”अन्र्तगत यूरो ३५ लाख पुनरकर्जा र यूरो ५ लाख बराबरको प्रावधिक सहयोग प्रदान गर्ने समझदारी पत्रमा हस्ताक्षर गरेको छ ।

स्थापनाकालदेखि नै आफ्नो लगानीको प्रथामिकता लघु, घरेलु तथा साना उद्यम व्यवसाय कर्जामा गर्दै आएको बैंकलाई के.एफ.डब्लू डेभलपमेण्ट बैंकले (SEDRA III) प्रोजेक्टमा समझदारीको लागि नेपालमा सञ्चालित बैंक तथा वित्तीय सस्ंथा मध्ये बाट चयन गरेको हो ।

नेपालसंग जर्मन वित्तीय सहयोग परियोजना(German Financial Cooperation with Nepal) के.एफ.डब्लू डेभलपमेण्ट बैंक, जर्मनीले नेपाल राष्ट्र बैंक संगको समझदारीमा नेपालमा सँञ्चालित बैंक तथा वित्तीय सस्ंथालाई लघु, घरेलु तथा साना उद्यम व्यवसाय प्रबर्धनका लागि पुनरकर्जा प्रदान गर्दै आइरहेको छ ।

हरेक नेपालीलाई उद्यमशील बनाई नेपालको अर्थतन्त्र दीगो ?पान्तरण गर्नका लागि लघु, घरेलु तथा सानाउद्यम क्षेत्रको विकाश हुनु पर्छ भन्ने मूलमन्त्रलाई स्थापनाकाल देखि नै स्वीकार गर्दै आएको यस बैंकले उक्तशिर्षक अन्तर्गत हालसम्म २१,५२६ व्यवसायलाई रु २५ अर्ब बराबरको कर्जा प्रदान गरेको छ । यस मध्ये २८८२ महिला व्यवसायीलाई व्यवसायको सुरक्षणमा सहुलियत व्याजदरमा रु‍ २ अर्ब बराबरको कर्जा प्रदान गरेको छ ।

यस कर्जाको मदतले नेपालमा महिलालाई उद्यमशील बनाई महिला सशक्तिकरणमा टेवा पू¥याएको विश्वास बैंकले लिएको छ । यसका साथै सिटिजन्स लघुवित्त कर्जा तथा बचत योजना अन्तर्गत नेपालका ग्रामीण भेगका मध्यम तथा विपन्नवर्ग परिवारका महिलालाई लक्षित गरी सामूहिक जमानीको आधारमा हाल सम्म ५४९२ मध्यम तथा विपन्नवर्ग परिवारलाई व्यवसाय गर्न रु ७६ करोड कर्जा प्रवाहगरि सकेको छ ।

ग्रामीण स्तरमा रहेका विपन्नवर्गलाई समूहमा आबद्ध गरि कर्जा प्रदानगर्दा ग्रामीण जनताहरु बढी व्यावसायिकभई लाभान्वित हुदै जाने छन् भन्ने विश्वासका साथ बैंकले SEDRA III परियोजना अन्तर्गत कृषि, उद्योग, सेवा, ब्यापार तथा अन्य व्यावसायिक रूपले सम्भाव्य देखिएका उत्पादनशील व्यवसायको स्थापना, विकास, बिस्तार र क्षमता एवम् उत्पादकत्व बृद्धिका लागि आवश्यक वित्तीय साधन तथा प्राविधिक सहयोग प्रदान गरी देशको औद्योगिक, ब्यापारिक एवं कृषि क्षेत्रको विकासमा गतिशिलता ल्याउन सहयोग पुर्‍याउने छ ।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएकाआफ्ना १८२ वटा शाखा, ३ वटा विस्तारित काउण्टर, १३९ वटा ए.टि.एम., ६ वटा कियोस्क सेवा र ९७ वटा शाखा रहित बैंकिङ्ग ईकाईह?बाट करिव १५ लाख ६५ हजार ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाह? प्रदानगर्दै आएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x