Date

मङ्ल, बैशाख ११, २०८१
Tue, April 23, 2024

१० महीनामा २ खर्ब २४ अर्बको पेट्रोलियम पदार्थ आयात

१० महीनामा २ खर्ब २४ अर्बको पेट्रोलियम पदार्थ आयात

काठमाडौं, ११ जेठ । चालू आर्थिक वर्षको १० महिनामा नेपालमा २ खर्ब २४ अर्बभन्दा बढीको पेट्रोलियम पदार्थ आयात भएको छ । नेपाल आयल निगमका अनुसार चालु आर्थिक वर्षको १० महिना ९साउन–वैशाख० सम्म दुई खर्ब २४ अर्ब ५७ लाख ५७ हजार रुपियाँ बराबरको २१ लाख २५ हजार ४६४ किलोलिटर (डिजेल, पेट्रोल, हवाई इन्धन, मटितेल र ग्यास) पेट्रोलियम पदार्थ आयात भएको छ ।

अघिल्लो वर्ष सो अवधिमा दुई खर्ब २३ अर्ब ६३ करोड ८४ लाख ८२ हजार रुपियाँ बराबरको २५ लाख ४३ हजार ६९४ किलोलिटर पेट्रोलियम पदार्थको आयात भएको थियो । अघिल्लो वर्षको तुलनामा यसपालि रकममा भन्दा पनि परिणाममा इन्धन आयात कम भएको निगमले जनाएको छ । इन्धन आयात कम भएसँगै व्यापार घाटामा समेत कमी आएको छ ।

निगमका नायब कार्यकारी निर्देशक नागेन्द्र साहले सुरुमा इन्धनको मूल्य बढेको र पछिल्लो समय आन्तरिक बजारमा खपत कम हुँदा आयातमा कमी भएको जानकारी दिनुभयो । दस महिनामा सबैभन्दा धेरै डिजेलमा २६ प्रतिशतले खपत कम भएको उहाँले जानकारी दिए । गत वर्ष सो अवधिमा १४ लाख एक हजार ८०४ किलोलिटर डिजेल खपत भएकामा चालु आवको सो अवधिमा घटेर १० लाख ३६ हजार किलोलिटरमा झरेको छ । विकास निर्माणका काम तीव्र गतिमा नहुनु र सीमानाकाको तुलनामा नेपालमा डिजेल, पेट्रोलको मूल्य कम भएकाले तस्करी नहुँदा खपतमा कमी आएको साहले जानकारी दिए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x