Date

शुक्र, बैशाख ५, २०८२
Fri, April 18, 2025

एनआईसी एशिया बैंकका ग्राहकलाई कान्तिपुर डेन्टल हस्पिटलमा १५ प्रतिशतसम्म छुट

एनआईसी एशिया बैंकका ग्राहकलाई कान्तिपुर डेन्टल हस्पिटलमा १५ प्रतिशतसम्म छुट

काठमाडौं, २२ जेठ । एनआईसी एशिया बैंकका ग्राहकलाई कान्तिपुर डेन्टल कलेज टिचिङ हस्पिटल एण्ड रिसर्च सेन्टरमा १५ प्रतिशतसम्म छुट प्राप्त हुने भएको छ । छुट सम्बन्धमा बैंकको तर्फबाट डिजिटल पेमेन्ट इकोसिष्टम प्रमुख बिमल लम्साल र हस्पिटलको तर्फबाट अध्यक्ष डा। बुद्धिमान श्रेष्ठले आइतबार हस्ताक्षर गरेका हुन् ।

समझदारीअनुसार बैंकको मोबाइल बैंकिङ, डेबिट कार्ड, क्रेडिट कार्ड वा प्लाटिनम कार्ड प्रयोग गर्ने ग्राहकले उक्त सुविधा उपभोग गर्न सक्नेछन् । सम्झौताअनुसार स्पेशल डेन्टल सर्भिसमा ७ प्रतिशत, अपरेशन तथा जनरल डेन्टल सर्भिसमा १० र ल्याब, बेड तथा होल बडी चेकअपमा १५ प्रतिशत छुट हुनेछ ।

डिजिटल च्यानलबाट हुने कारोबारलाई वृद्धि गर्दै डिजिटल भुक्तानीलाई बढीभन्दा बढी सेवाग्राहीहरुसमक्ष पुर्‍याउने हेतुले बैंकले यस सहकार्यलाई अगाडि बढाएको र भविष्यमा समेत बैंकले यसैगरी डिजिटल भुक्तानीलाई बढावा दिन यस खालका सहकार्यलाई बढाउँदै लैजाने लक्ष्य लिएको बैंकले बताएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x