२५.६६ अंक बढ्यो नेप्से, करिब दुई अर्बको सेयर कारोबार
काठमाडाैं, २३ जेठ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ५.६६ अंकले बढेकाे छ । मंगलबार नेप्से परिसूचक ५.६६ अंकले बढेर १९२७.६५ विन्दुमा बन्द भएको हाे ।
शेयरबजार बढेसँगै कारोबार रकम पनि वृद्धि भएको छ । आज एक अर्ब ९८ करोड १० लाख रुपैयाँ बराबरको मात्रै कारोबार भएको छ । सोमबार नेप्सेमा एक अर्ब ९७ करोड ३४ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।
आज कारोबार भएका १८५ कम्पनीको शेयरमूल्य बढेको छ भने ३१ कम्पनीकोे शेयरमूल्य घटेको छ । चार कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।
आज दुई कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । न्यादी हाइड्रोपावर कम्पनीको शेयरमूल्य ९.८५ प्रतिशतले बढेर प्रतिकित्ता ३०१ रुपैयाँ पुगेको छ त्यस्तै, सनराइज फोकस्ड इक्विटी फण्डको शेयरमूल्य ९.२४ प्रतिशतले बढेर प्रतिकित्ता ८.६३ रुपैयाँ पुगेको छ ।
आज सेन्चुरी डिबेन्चरका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । यस कम्पनीको शेयरमूल्य ३ प्रतिशतले घटेको छ ।