Date

मङ्ल, बैशाख ९, २०८२
Tue, April 22, 2025

दाेहाेराे अङ्कले बढ्याे नेप्से परिसूचक, कारोबार रकम पाँच अर्ब नाघ्यो

दाेहाेराे अङ्कले बढ्याे नेप्से परिसूचक, कारोबार रकम पाँच अर्ब नाघ्यो

काठमाडौं, ३१ जेठ । साताको कारोबारको चौथो दिन बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक दोहोरो अंंकले बढेको छ । आज नेप्से १६.४२ अंकले बढेर दुई हजार ३७ दशमलब ०६ विन्दुमा बन्द भएको हाे ।

मंगलबार नेप्से ३४.१७ अंकले बढेर दुई हजार २० दशमलब ६४ विन्दुमा बन्द भएको थियो ।

शेयर बजार बढेसँगै कारोबार रकममा पनि वृद्धि भएको छ । आज पाँच अर्ब एक करोड ७८ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । मंगलबार नेप्सेमा चार अर्ब १२ करोड ६६ लाख ९५ हजार रुपैयाँ बराबरको कारोबार भएको थियो । कारोबार भएका ११० कम्पनीको शेयरमूल्य बढेको छ भने १०० कम्पनीकोे शेयरमूल्य घटेको छ । १३ वटाको शेयरमूलय स्थिर रहेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x