Date

शनि, कार्तिक ८, २०८२
Sat, October 25, 2025

७० प्रतिशत पनि हासिल भएन राजस्वको लक्ष्य

७० प्रतिशत पनि हासिल भएन राजस्वको लक्ष्य

काठमाडौं, १ साउन । गत आर्थिक वर्ष २०७९–८० मा संघीय सरकारको राजस्व वार्षिक लक्ष्यको ७० प्रतिशत पनि हासिल हुन सकेन । राजस्वतर्फ रु १४ खर्ब तीन अर्ब १४ करोड ७० लाख असुली गर्ने सरकारको लक्ष्य रहेकोमा ६८ दशमलव २१ प्रतिशतअर्थात् रु नौ खर्ब ५७ अर्ब १५ करोड ४१ लाख बराबर मात्रै राजस्व उठेको छ ।

त्यस्तै, रु ५५ अर्ब २४ करोड ८३ लाख बराबर वैदेशिक अनुदान उठाउने सरकारको लक्ष्य थियो । उक्त लक्ष्यको ३८ दशमलव ४ प्रतिशतअर्थात् रु २१ अर्ब २९ करोड ७५ लाख बराबर मात्रै वैदेशिक अनुदान आएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *