Date

बिहि, असार २६, २०८२
Thu, July 10, 2025

सानिमा बैंकको एटिएम ताल्ती धादिङमा

सानिमा बैंकको एटिएम ताल्ती धादिङमा

काठमाडाैं, १२ साउन । सानिमा बैंक लिमिटेडले श्रावण १० गते, बुधबार बेनीघाट रोराङ गाउँपालिका, ताल्तीमा अवस्थित ह्वासिन् सिमेन्ट नारायणी प्रालि उद्योगको परिसरमा एटिएम बुथको स्थापना गरेको छ । रोराङ गाउँपालिका, धादिङका स्थानीय बासीहरु माझ वित्तीय पहुँच पु¥याउने उद्देश्यले सानिमा बैंकले एटिएम बुथ स्थापना गरेकाे हाे ।

बेनीघाट रोराङ गाउँपालिका वडा नं २ का अध्यक्ष  हेमराज भुजेल, उद्योगका जेनेरल मेनेजर सिङ चाङ हाेङ तथा बैंकका प्मुख संस्थागत निक्षेप रमिला श्रेष्ठले संयुक्त रूपमा एटिएम बुथकाे उद्घाटन गरे ।

समुद्घाटन समारोहलाई सम्बोधन गर्दै वडा अध्यक्ष हेमराज भुजेल तथा जेनेरल मेनेजर सिङ चाङ हाेङले यस गाउँपालिकामा बैंकिङ्ग सेवा विस्तार गरी वित्तीय पहुँच बढाउन सहयोग गर्नु भएकोमा बैंकलाई धन्यबाद दिए ।

त्यसैगरी बैंकका प्रमुख संस्थागत निक्षेप रमिला श्रेष्ठज्यूले यस क्षेत्रको जनताको वित्तीय आवश्यकतालाई महसुस गरी एटिएम. स्थापना गर्न अवसर जुटाइदिनुहुने सम्पूर्ण सरोकारवालालाई धन्यबाद ज्ञापन गर्दै उक्त एटिएमको भरपूर उपयोग गर्दै यस क्षेत्रका बासिन्दा लाभान्वित हुने विश्वास व्यक्त गरे । साथै, आगामी दिनमा पनि वित्तीय पहुँचका अन्य क्षेत्रमा पनि सहकार्य गर्दै जाने जानकारी गराए।

सानिमा बैंककोे सातै प्रदेशमा १३२ वटा कार्यालयहरु र १२३ वटा एटिएम संजालहरु रहेका छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *