सुर्या लाइफले १६.८० प्रतिशत बोनस दिने, हकप्रद शेयर आवेदकहरुले पनि पाउने

काठमाडौं, २३ जेठ । सुर्या लाइफ इन्स्योरेन्सको संचालक समितिको बैठकले शेयरधनीहरुलाई हालको चुक्ता पुँजी ७२ करोड १८ लाख रुपैयाँको १६.८० प्रतिशत बोनस शेयर दिने निर्णय गरेको छ । यस्तै इन्स्योरेन्सले बोनस शेयरमा लाग्ने कर तिर्नको लागि ६३ लाख ८२ हजार ८९५ रुपैयाँ नगद लाभांश दिने जनाइएको छ ।

इन्स्योरेन्सको ४० प्रतिशत हकप्रद शेयर निष्कासनको क्रममा रहेको छ । उक्त हकप्रद शेयर आवेदकहरुले समेत इन्स्योरेन्सले प्रस्ताव गरेको बोनस शेयर पाउने जनाइएको छ । हकप्रद शेयरका आवेदकहरुले समेत सो बोनस शेयर पाउने हुँदा बोनस समायोजन भई १२ प्रतिशत हुने इन्स्योरेन्सले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *