Date

सोम, बैशाख ८, २०८२
Mon, April 21, 2025

एनआईएमबी र ज्योति विकास बैंकबीच सम्झौता नवीकरण

एनआईएमबी र ज्योति विकास बैंकबीच सम्झौता नवीकरण

काठमाडाैं, १६ साउन । नेपालको अग्रणी मर्चेन्ट बैंक एनआईएमबी एस क्यापिटल लिमिटेडले ज्योति विकास बैंक लिमिटेडसँग आफ्नो शेयर रजिष्ट्रार कम्पनीको साझेदारी नवीकरण गर्ने भएको छ ।

उक्त सम्झौतामा एनआईएमबी एस क्यापिटल लिमिटेडका तर्फबाट नायब महाप्रबन्धक सचिन्द्र ढुंगाना र ज्योति विकास बैंकका तर्फबाट वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत कपिल ढकालले हस्ताक्षर गरेका छन् ।

यो नवीकरणले शेयरधनीहरूलाई प्रभावकारी र विश्वासिलो शेयर रजिष्ट्रार सेवा प्रदान गर्ने तथा एनआइएमबि एस क्यापिटल र ज्योति विकास बैंकको साझा प्रतिवद्धतालाई निरन्तरता एवम् सार्थकता प्रदान गर्ने विश्वास दुवै संस्थाको छ ।

दुवैले लामो समयदेखि शेयरधनी व्यवस्थापन प्रक्रियालाई सुव्यवस्थित गर्न, पारदर्शिता बढाउन र सरोकारवालाहरूसँग निर्वाध सञ्चार सुनिश्चित गर्न सँगसँगै काम गरिरहेका छन् ।

यो नवीकरणले एक–अर्काको सेवा प्रदान गर्ने क्षमतामा पारस्परिक विश्वास देखाउनुको साथै एनआईएमबी एस क्यापिटलद्वारा प्रदान गरिएका सेवाहरूको असाधारण गुणस्तरलाई पनि पुष्टि गरेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x