Date

आइत, जेष्ठ ६, २०८१
Sun, May 19, 2024

तीन अर्बभन्दा बढी नाफा आर्जन गरेको सिद्धार्थ बैंकको वितरणयोग्य मुनाफा घट्यो

तीन अर्बभन्दा बढी नाफा आर्जन गरेको सिद्धार्थ बैंकको वितरणयोग्य मुनाफा घट्यो

काठमाडौं, १९ साउन । सिद्धार्थ बैंक लिमिटेडले गत आर्थिक वर्ष २०७९/८० को अन्त्यसम्म तीन अर्ब १९ करोड एक लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । बैंकले शुक्रबार सार्वजनिक गरेको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार बैंकको नाफा ९.९१ प्रतिशतले वृद्धि भएको हो । अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले दुई अर्ब ९० करोड २४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

बैंकको खुद ब्याज आम्दानी २३.९७ प्रतिशत बढेको छ भने खुद फि तथा कमिशनबाट प्राप्त आम्दानी १२.०३ प्रतिशतले बढेको छ । गत आर्थिक वर्षको अन्त्यसम्म कम्पनी आठ अर्ब १७ करोड ८४ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । अघिल्लो वर्ष यस्तो अम्दानी ६ अर्ब ५९ करोड ६८ लाख रुपैयाँ गरेको थियो ।

गत वर्षको अन्त्यसम्ममा बैंकको वितरणयोग्य मुनाफा ७९ करोड ५७ लाख रुपैयाँ रहेको छ । यस अनुसार बैंकको प्रतिसेयर वितरणयोग्य आम्दानी ५ रुपैयाँ ६५ पैसा रहेको छ । अघिल्लो वर्ष वितरणयोग्य मुनाफा एक अर्ब ३५ करोड ९८ लाख रुपैयाँ रहेको थियो ।

१४ अर्ब ८ करोड ९९ लाख रुपैयाँ चुक्तापुँजी रहेको यस बैंकको जगेडा कोषमा १० अर्ब ५७ करोड ८९ लाख रुपैयाँ सञ्चित छ । बैंकले असार मसान्तसम्म दुई खर्ब २३ अर्ब ६५ करोड ४६ लाख रुपैयाँ निक्षेप संकलन गरेको छ भने एक खर्ब ८४ अर्ब चार करोड ५६ लाख रुपैयाँ कर्जा लगानी गरेको छ । एक वर्षमा बैंकको निक्षेप १६.७६ प्रतिशत बढेको छ भने कर्जा लगानी ३.०६ प्रतिशत बढेको हो ।

असार मसान्तसम्म बैंकको प्रतिशेयर आम्दानी २२ रुपैयाँ ६४ पैसा रहेको छ । असार मसान्तसम्ममा बैंकको मूल्य आम्दानी अनुपात ११.१७ गुणा रहेको छ भने प्रतिसेयर नेटवर्थ १८० रुपैयाँ ७३ पैसा रहेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x