Date

आइत, जेष्ठ ६, २०८१
Sun, May 19, 2024

सानिमा बैंकको नाफा २५ प्रतिशतले बढ्यो, लाभांश क्षमता कति ?

काठमाडौं, १९ साउन । सानिमा बैंक लिमिटेडले गत आर्थिक वर्ष २०७९/८० को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । शुक्रबार सार्वजनिक उक्त वित्तीय विवरण अनुसार बैंकले गत वर्ष दुई अर्ब ६१ करोड ९२ लाख रुपैयाँ नाफा आर्जन गरेको हो । वित्तीय विवरण अनुसार आघिल्लो आर्थिक वर्षको तुलनामा यो नाफा २५.१३ प्रतिशतले बढेको छ । अघिल्लो वर्ष यो बैंकले दुई अर्ब नौ करोड ३१ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो ।

बैंकको खुद ब्याज आम्दानी र सञ्चालन मुनाफामा वृद्धि भएसँगै खुद नाफामा पनि वृद्धि भएको छ । यो बैंकले गत वर्षको अन्त्यसम्म ६ अर्ब ४८ करोड ९३ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । अघिल्लो वर्षको तुलनामा बैंकको खुद ब्याज आम्दानी ३९.५० प्रतिशतले वृद्धि भएको हो । अघिल्लो वर्ष बैंकले खुद ब्याज आम्दानी बापत चार अर्ब ६५ करोड १७ लाख रुपैयाँ आम्दानी गरेको थियो ।

त्यस्तै सञ्चालन मुनाफा २७.९५ प्रतिशतले वृद्धि भएको छ । यसले पनि बैंकको नाफा वृद्धिमा सहयोग पुगेको देखिन्छ । तर, खराब कर्जा भने करिब १ प्रतिशतले वृद्धि भएको छ । अघिल्लो वर्षको अन्त्यसम्म ०.३३ प्रतिशत मात्र खराब कर्जा भएकोमा गत वर्षको अन्त्यसम्म १.३० प्रतिशत पुगेको छ । एक वर्षको अन्तरालमा खराब कर्जा ०.९७ प्रतिशत विन्दुले वृद्धि भएको छ ।

गत आर्थिक वर्षको अन्त्यसम्ममा बैंकको वितरणयोग्य मुनाफा दुई अर्ब २० करोड ९६ लाख रुपैयाँ रहेको छ । यस अनुसार बैंकको प्रतिसेयर १७ रुपैयाँ ७३ पैसा नाफा वितरण गर्न सक्ने क्षमता रहेको छ । अघिल्लो वर्ष बैंकको वितरणयोग्य मुनाफा एक अर्ब २४ करोड ४४ लाख रुपैयाँ थियो । यसका आधारमा बैंकले सेयरधनीलाई लाभांश दिएको थियो ।
१२ अर्ब ४६ करोड एक लाख रुपैयाँ चुक्तापूँजी रहेको यस बैंकको जगेडा कोषमा चार अर्ब ७० करोड ७२ लाख रुपैयाँ सञ्चित रहेको छ ।

नाफासँगै बैंकको प्रतिशेयर आम्दानी पनि बढेको छ । बैंकको प्रतिसेयर आम्दानी २१ रुपैयाँ दुई पैसा पुगेको छ । असार मसान्तसम्ममा बैंकको मूल्य आम्दानी अनुपात १२.३९ गुणा रहेको छ । प्रतिशेयर नेटवर्थ १५५ रुपैयाँ ५१ पैसा रहेको छ । बैंकले गत वर्षको अन्त्यसम्म एक खर्ब ७५ अर्ब ६४ करोड ३० लाख रुपैयाँ निक्षेप संकलन गरेको छ भने एक खर्ब ४५ अर्ब ३९ करोड ७९ लाख रुपैयाँ कर्जा लगानी गरेको छ । कर्जा लगानी अघिल्लो वर्षको तुलनामा साढे ६ प्रतिशतले बढेको छ । निक्षेप संकलन भने साढे ११ प्रतिशतले बढेको छ । गत वर्षको अन्त्यसम्म बैंकले कर्जा–निक्षेप अनुपात (सीडी रेसियो) ७९ प्रतिशत कायम गरेको छ । अघिल्लो वर्षको अन्त्यसम्म सीडी रेसियो ८६.३६ प्रतिशत थियो । नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकहरूलाई सीडी रेसियो ९० प्रतिशतभन्दा कम गर्न निर्देशन दिएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x