Date

आइत, जेष्ठ ६, २०८१
Sun, May 19, 2024

नेपाल बैंकको नाफा बढ्यो, वितरणयोग्य मुनाफा घट्यो

नेपाल बैंकको नाफा बढ्यो, वितरणयोग्य मुनाफा घट्यो

काठमाडौं, २० साउन । नेपाल बैंक लिमिटेडले गत आर्थिक वर्ष २०७९/८० को अन्त्यसम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । शनिबार सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरण अनुसार बैंकको नफा अघिल्लो वर्षको तुलनामा १६.७० प्रतिशतले वृद्धि भएको हो ।

गत वर्ष बैंकले तीन अर्ब ४१ करोड १५ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । अघिल्लो वर्ष बैंकले दुई अर्ब ९२ करोड ३२ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो । अघिल्लो वर्षको तुलनामा खुद ब्याज आम्दानी र खुद फि तथा कमिशन वृद्धि भएसँगै नाफा वृद्धिमा टेवा पुगेको हो । खुद ब्याज आम्दानी ४०.६१ प्रतिशतले बढेको छ भने फि तथा कमिशनबाट प्राप्त हुने आम्दानी ३.८३ प्रतिशतले वृद्धि भएको छ ।

गत वर्ष खुद ब्याज आम्दानीबाट बैंकले नौ अर्ब ४४ करोड १५ लाख रुपैयाँ आर्जन गरेको छ । अघिल्लो वर्ष बैंकले यो शीर्षकमा ६ अर्ब ७१ करोड ४५ लाख रुपैयाँ आर्जन गरेको थियो ।

गत वर्ष फि तथा कमिशनबाट बैंकले ९२ करोड आठ लाख रुपैयाँ आम्दानी भएको छ भने अघिल्लो वर्ष ८८ करोड ६९ लाख रुपैयाँ आम्दानी गरेको थियो ।

सञ्चालन मुनाफा अघिल्लो वर्षको तुलनामा २१.१९ प्रतिशतले बढेको छ । गत वर्षको अन्त्यसम्म बैंकले सञ्चालन मुनाफाबापत चार अर्ब ४० करोड ८२ लाख रुपैयाँ आर्जन गरेको छ । अघिल्लो वर्ष बैंकले तीन अर्ब ६३ करोड ७४ लाख रुपैयाँ खुद सञ्चालन मुनाफा गरेको थियो ।

बैंकको खराब कर्जा भने १.०२ प्रतिशत विन्दुले वृद्धि भएको छ । गत आर्थिक वर्षको अन्त्यसम्म बैंकको खराब कर्जा २.८५ प्रतिशत पुुगेको छ । अघिल्लो वर्ष खराब कर्जा १.८३ प्रतिशत थियो ।

त्यस्तै बैंकको कर्जा लगानी ४.३२ प्रतिशतले बढेको छ । गत वर्षको अन्त्यसम्म एक खर्ब ७८ अर्ब ८८ करोड ८६ लाख रुपैयाँ कर्जा लगानी भएको छ । अघिल्लो वर्ष एक खर्ब ७१ अर्ब ४८ करोड पाँच लाख कर्जा लगानी गरेको थियो ।

निक्षेप संकलन २४.७२ प्रतिशतले वृद्धि भएको छ । गत वर्ष बैंकले दुई खर्ब ४४ अर्ब ५४ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ । अघिल्लो वर्ष भने बैंकले एक खर्ब ९६ अर्ब सात करोड रुपैयाँ निक्षेप संकलन गरेको थियो ।

कम्पनीको वितरणयोग्य मुनाफा भने घटेको छ । गत वर्षको अन्त्यसम्म बैंकको वितरणयोग्य मुनाफा ७१.५६ प्रतिशतले घटेको छ । गत वर्षको अन्त्यसम्म बैंकको वितरणयोग्य मुनाफा ९७ करोड ३३ लाख छ भने अघिल्लो वर्ष यस्तो नाफा तीन अर्ब ४२ करोड रुपैयाँ थियो ।
गत वर्षको वितरणयोग्य मुनाफा अनुसार बैंकले शेयरधनीलाई प्रतिशेयर ६.६२ प्रतिशत लाभांश वितरण गर्न सक्छ । अघिल्लो वर्ष यस्तो क्षमता २३.७६ प्रतिशत थियो । एक वर्षमा १७.१४ प्रतिशतले लाभांश क्षमता घटेको छ ।

बैंकको चुक्तापुँजी १४ अर्ब ६९ करोड ४० लाख २२ हजार रुपैयाँ रहेको छ । बैंकले जगेडा कोषमा २० अर्ब ९१ करोड १४ लाख रुपैयाँ सञ्चित गरेको छ ।

बैंकको वार्षिक प्रतिशेयर आम्दानी २३ रुपैयाँ २२ पैसा रहेको छ भने प्रतिशेयर नेटवर्थ २४८ रुपैयाँ ९४ पैसा छ । गत वर्ष बैंकको लागत १.०३ प्रतिशत विन्दुले बढेको छ । अघिल्लो वर्ष ५.९४ प्रतिशत रहेको लागत गत वर्ष ६.९७ प्रतिशत कायम भएको छ ।

बेसरेट १.९३ प्रतिशत विन्दुले बढेको छ । स्प्रेडदर भने १.१३ प्रशितल विन्दुले घटेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x