Date

आइत, मंसिर २८, २०८२
Sun, December 14, 2025

नबिल बैंकको नाफा ७६.८६ प्रतिशतले बढ्यो, वितरणयोग्य मुनाफामा पनि वृद्धि

नबिल बैंकको नाफा ७६.८६ प्रतिशतले बढ्यो, वितरणयोग्य मुनाफामा पनि वृद्धि

काठमाडौं, २१ साउन । नबिल बैंकले गत आर्थिक वर्ष २०७९/८० को चौथो त्रैमासको अपरिष्कृत वित्तीय वित्तीय सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार बैंकले सात अर्ब ५२ करोड ७१ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । बैंकका अनुसार अघिल्लो वर्षको तुलनामा नाफा ७६.८६ प्रतिशतले वृद्धि भएको हो ।

अघिल्लो आर्थिक वर्ष बैंकले चार अर्ब २५ करोड ६० लाख रुपैयाँ नाफा आर्जन गरेको थियो ।
गत वर्ष खुद ब्याज आम्दानी तथा सञ्चालन मुनाफामा बैंकले मनग्य वृद्धि गर्न सफल भएसँग नाफामा पनि वृद्धि भएको देखिन्छ ।

बैंकले गत वर्ष खुद ब्याज आम्दानी १०१.६३ प्रतिशतले वृद्धि गरेको छ । बैंकले गत वर्ष खुुद ब्याजमार्फत १७ अर्ब ९८ करोड ३२ लाख रुपैयाँ आम्दानी गरेको छ ।

गत वर्षको अन्त्यसम्म बैंकले फि तथा कमिशनबापत दुई अर्ब ८९ करोड ९१ लाख रुपैयाँ आम्दानी गरेको छ ।
सञ्चालन मुनाफाबापत गत वर्षको अन्त्यसम्म ११ अर्ब एक करोड ६० लाख रुपैयाँ आर्जन गरेको छ । अघिल्लो वर्ष यो शीर्षकमा बैंकले ६ अर्ब २८ करोड १५ लाख रुपैयाँ आर्जन गरेको थियो ।

बैंकको खराब कर्जा भने बढेको छ । गत वर्षको अन्त्यसम्म बैंकको खराब कर्जा ३.२० प्रतिशत पुुगेको छ । अघिल्लो वर्ष खराब कर्जा १.६२ प्रतिशत थियो ।

त्यस्तै गत आर्थिक वर्षसम्म तीन खर्ब ३२ अर्ब ६९ करोड ८८ लाख रुपैयाँ बैंकको कर्जा लगानी भएको छ । अघिल्लो वर्ष तीन खर्ब २० करोड ५६ लाख रुपैयाँ कर्जा लगानी भएको थियो ।

बैंकले गत आर्थिक वर्षसम्म तीन खर्ब ९५ अर्ब ८४ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ ।

बैंकको वितरणयोग्य मुनाफा ३६.६१ प्रतिशतले बढेको छ । बैंकको गत वर्षसम्मको वितरणयोग्य मुनाफा तीन अर्ब ९६ करोड १० लाख रुपैयाँ रहेको छ । गत वर्ष यस्तो नाफा दुई अर्ब ८९ करोड ९५ लाख रुपैयाँ थियो ।
उक्त वितरणयोग्य मुनाफा अनुसार बैंकको यो वर्षको लाभांश क्षमता १४ रुपैयाँ ६४ पैसा रहेको छ ।
बैंकको चुक्तापुँजी २७ अर्ब पाँच करोड ६९ लाख ९७ हजार रुपैयाँ रहेको छ । बैंकले जगेडा कोषमा २७ अर्ब सात करोड सात लाख रुपैयाँ सञ्चित गरेको छ ।

बैंकको प्रतिशेयर नेटवर्थ २१४ रुपैयाँ ६९ पैसा रहेको छ भने प्रतिशेयर आम्दानी २७ रुपैयाँ ८२ पैसा रहेको छ ।

 

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *