Date

आइत, साउन ४, २०८२
Sun, July 20, 2025

प्रभु बैंकको नाफा साढे ४८ प्रतिशतले बढ्यो, वितरणयोग्य मुनाफा घट्यो

प्रभु बैंकको नाफा साढे ४८ प्रतिशतले बढ्यो, वितरणयोग्य मुनाफा घट्यो

काठमाडौं, २० साउन । प्रभु बैंकले गत आर्थिक वर्ष २०७९/८० मा दुई अर्ब ८२ करोड ५२ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । शनिबार सार्वजनिक गरेको बैंकको अपरिष्कृत वित्तीय विवरण अनुसार अघिल्लो आर्थिक वर्षको तुलनामा नाफा ४८.५४ प्रतिशतले वृद्धि भएको हो । अघिल्लो वर्षको सोही अवधिमा बैंकले एक अर्ब ९० करोड २० लाख रुपैयाँ नाफा आर्जन गरेको थियो ।

बैंकको खुद ब्याज आम्दानी र सञ्चालन नाफामा सुधार आएका कारण नाफा बढेको देखिएको छ ।
अघिल्लो आवको असार मसान्तको तुलनामा बैंकको खुद ब्याज आम्दानी ७८.६२ प्रतिशतले बढेर १० अर्ब २५ करोड ७९ लाख रुपैयाँ पुगेको छ । यस्तै बैंकको सञ्चालन नाफा ४७.५२ प्रतिशतले बढेर चार अर्ब २० करोड ७७ लाख रूपैयाँ रहेको छ । बैंकको वितरणयोग्य नाफा १६ करोड १६ लाख ५५ हजार रुपैयाँ रहेको छ । अघिल्लो वर्ष यो बैंकको वितरणयोग्य नाफा एक अर्ब तीन करोड २९ लाख रुपैयाँ थियो । सेन्चुरी बैंकसँग मर्जरमा गएको यो बैंकको वितरणयोग्य नाफा भने घटेको छ ।

बैंकको चुक्ता पुँजी २३ अर्ब ५४ करोड २४ लाख ९० हजार रुपैयाँ रहेको छ भने जगेडा कोषमा १० अर्ब २ करोड आठ लाख ७७ हजार रुपैयाँ रहेको छ ।

असार मसान्तसम्म बैंकले दुई खर्ब ८९ अर्ब नौ करोड नौ लाख रुपैयाँ निक्षेप संकलन गरेको छ । त्यस्तै दुई खर्ब ३८ अर्ब २१ करोड पाँच लाख रुपैयाँ कर्जा लगानी गरेको छ ।

अघिल्लो आर्थिक वर्षको असार मसान्तसम्म १.८६ प्रतिशत रहेको खराब कर्जा गत वर्षको असार मसान्तसम्ममा ४.१६ प्रतिशत पुगेको छ ।

बैंकको प्रतिशेयर आम्दानी १२ रुपैयाँ रहेको छ । बैंकको प्रतिशेयर नेटवर्थ १४३ रुपैयाँ २५ पैसा रहेको छ । बैंकको स्प्रेडदर ४.८६ प्रतिशत रहेको छ भने बेसरेट १०.०६ प्रतिशत रहेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *