Date

आइत, बैशाख ७, २०८२
Sun, April 20, 2025

ऊर्जा दक्षता भवन प्रवर्द्धन विषयक कार्यशाला

ऊर्जा  दक्षता भवन प्रवर्द्धन विषयक कार्यशाला

काठमाडाैं, २६ साउन । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयसँगको सहकार्यमा युरोपियन युनियनको स्वीच–एसिया कार्यक्रमको आर्थिक सहयोगमा ‘बिल्डिङ इनर्जी इफिसियन्सी इन नेपाल’ (बिइएन) परियोजनाले गण्डकी प्रदेशका विभिन्न १६ वटा पालिकाका प्रमुख एवं प्राविधिकबीच अभिमुखीकरण तथा परामर्श कार्यशाला गरेको छ ।

कार्यशालामा भवन निर्माणमा ऊर्जा दक्षताको आवश्यकता र औचित्यलगायत विषयमा विषय विज्ञहरूको प्रस्तुति रहेको थियो । ऊर्जा दक्षतालाई ध्यान दिँदै भवन निर्माण गर्दा त्यसमा आवश्यक नभएको उर्जा खपतलाई न्यूनीकरण गर्न सकिनेमा वक्ताले जोड दिए ।

कार्यक्रम उद्घाटन गर्दै पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले सहरी विकासका सन्दर्भमा नेपालभित्र एउटै नीति हुनुपर्ने भए पनि त्यो हुन नसकेको बताउनुभयो । बन्ने नीति दीर्घकालीन नहुनाका साथै भए पनि छ÷छ महिनामा फेर्ने प्रवृत्ति समस्याका रुपमा देखिएको उहाँले बताउनुभयो ।

सहरी विकास तथा भवन निर्माण विभाग सङ्घीय आयोजना कार्यान्वयन एकाइ प्रमुख सुरज पौडेलले ऊर्जा दक्षता भवन निर्माणमा भौगोलिक अवस्थिति, हावापानी आदिलाई ध्यान दिनु जरुरी रहेको बताउनुभयो ।

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका उपसचिव ऋषिराज आचार्यले परियोजनाअन्तर्गत देशभरका ६० वटा पालिका छनोट भएको र गण्डकीमा १६ वटा पालिकासँग परियोजनाले मिलेर काम गरेको बताउनुभयो ।

कार्यशालामा वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रका सहायक निर्देशक शुभलक्ष्मी श्रेष्ठ, विन परियोजनाका सानुबाबु डङ्गोल, उषा मास्के मानन्धर, दिव्या आचार्य, नीति विशेषज्ञ ओम राजोपाध्यायलगायतले ऊर्जा दक्षता, कार्बनको प्रकृतिलगायत विषयमा चर्चा गर्नुभएको थियो ।

निर्माण क्षेत्रमा ऊर्जा दक्षताको महत्वबारे प्रकाश पार्दै उहाँहरूले नेपालमा दिगो निर्माण क्षेत्रलाई अगाडि बढाउन नगरपालिकाले निर्वाह गर्नसक्ने निर्णायक भूमिकालगायतमा प्रकाश पारिएको थियो । उक्त अवसरमा परियोजना र पालिकाबीच विन परियोजना सञ्चालन सम्बन्धमा सम्झौतापत्रमा हस्ताक्षर गरिएको थियो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x