यी हुन विश्वका १० ठुलाे अर्थतन्त्र भएका मुलुक ? कुनको हिस्सा कति ?

काठमाडौं, २७ साउन । अन्तर्राष्ट्रिय मुद्रा कोषका अनुसार सन् २०२३ मा विश्व अर्थतन्त्रको आकार बढेर १ हजार ५० खर्ब डलर पुगेको छ। सन् २०२२ मा १ हजार १६ खर्ब डलर मात्र थियो ।
काेषका अनुसार यो बर्षको सबैभन्दा ठूलो अर्थतन्त्र भएको मुलुक अमेरिका हो । अमेरिकाको अर्थतन्त्रको आकार २ सय ७८ खर्ब ५५ अर्ब डलर पुगेको छ। कुल अर्थतन्त्रमा अमेरिकाको हिस्सा २५ दशमलव ५४ प्रतिशत छ ।
यस्तै दोस्रोमा चीन छ । चीनको अर्थतन्त्र १ सय ९३ खर्ब ७४ अर्ब डलर छ । विश्व अर्थतन्त्रमा चीनको हिस्सा १८ दशमलव ४३ प्रतिशत छ।
तेस्रो ठूलो अर्थतन्त्र भएकाे मुलुक जापान हाे । जापानको अर्थतन्त्र ४४ खर्ब १० अर्ब डलर पुगेको छ । चौथो स्थानमा जर्मन परेको छ । जर्मनको अर्थतन्त्र ४३ खर्ब ९० अर्ब डलर छ ।
पाँचौ स्थानमा भारत रहेको छ । भारतको अर्थतन्त्र ३७ खर्ब ३७ अर्ब डलर छ । यस्तै छैटाैँमा बेलायत छ । बेलायतको अर्थतन्त्र ३१ अर्ब ५९ अर्ब डलर बराबर छ । सातौंमा रहेको फ्रान्सको अर्थतन्त्रको आकार २९ खर्ब २३ अर्ब डलर छ भने आठौँ स्थानमा रहेका इटालीको अर्थतन्त्र २१ खर्ब ७० अर्ब, नवौँमा रहेको क्यानडाको २० खर्ब ९० अर्ब डलर छ । दशौंमा ब्राजिल ठूलो अर्थतन्त्र भएको मुुलुक बनेको छ। ब्राजिलको अर्थतन्त्र २० खर्ब ८१ अर्ब डलर छ । यसअघि दशौमा रुस थियो । रुसलाइ ब्राजिलले पछि पारेको हो । एघारौं स्थानमा रहेको रुसको २० खर्ब ६३ अर्ब डलर रहेको छ ।