Date

आइत, बैशाख ७, २०८२
Sun, April 20, 2025

नेपालमा लगानी बढाउन चिनियाँ लगानीकर्तालाई अध्यक्ष ढकालको आग्रह

नेपालमा लगानी बढाउन चिनियाँ लगानीकर्तालाई अध्यक्ष ढकालको आग्रह

काठमाडौं, ३२ साउन । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले प्राकृतिक स्रोतसाधन, दक्ष जनशक्ति, चीन र भारतसँगको सहज बजार पहुँचलाई उपयोग गर्न लगानीकर्तालाई आग्रह गरेका छन् । चीन साउथ एसिया बिजनेस फोरमको तर्फबाट युनान प्रान्तको कुनमिङमा आयोजित चाइना (युनान) नेपाल इन्डस्ट्रियलको अपरेसन प्रमोसन एण्ड इन्टरप्राइजेज म्याचमेकिङ बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ढकालले, प्राकृतिक स्रोत साधन, दक्ष जनशक्ति, बजार पहुँच र चीन तथा भारतसँग भएका सहुलियतपूर्ण व्यापार सम्झौताले नेपाल लगानी गन्तव्यको रूपमा विकसित भइरहेको बताए ।
अध्यक्ष ढकालले युनान र नेपालको मिल्दोजुल्दो भौगोलिक अवस्था र जलस्रोतले भरिपूर्ण रमणीय स्थल लगायतका समान विशेषताका कारण पनि चिनियाँ लगानीकर्ताका लागि नेपालमा लगानी गर्न सहज हुने उल्लेख गरे । कुनमिङ र पोखराबिचको भगिनी सहर सम्बन्ध रहेको उल्लेख गर्दै उनले सांस्कृतिक आदानप्रदान, पर्यटन र अनुसन्धान तथा विकासमा सहकार्य प्रवद्र्धनका लागि यो सम्बन्ध उपयोग गर्नुपर्ने बताए ।

ढकालले चिनियाँ ‘ड्रागन बोट फेस्टिभल’मा सिचुआन एयरलाइन्सको हालै पोखराको पहिलो उडानले नेपालमा चिनियाँ पर्यटन प्रवद्र्धनमा सहयोग पुगेको बताए । ऊर्जा, पर्यटन पूर्वाधार, यातायात, व्यापार सहजीकरण, साना तथा मझौला उद्योग, आईसीटी र कृषि जस्ता विविध क्षेत्रहरूमा नेपालमा थप लगानीका आकर्षक अवसर रहेको जानकारी पनि अध्यक्ष ढकालले गराए ।

नेपालमा सञ्चालित बहुराष्ट्रिय कम्पनीले निरन्तर नाफा कमाएको उल्लेख गर्दै उनले भारत, युरोपेली संघ र अन्य विकसित बजारमा नेपालले पाएको सहुलियतपूर्ण व्यापारिक पहुँचलाई लगानीकर्ताले उपयोग गर्न सक्ने बताए । युनान र नेपालबीचको आर्थिक सम्बन्ध थप सुदृढ बनाउन र व्यापार तथा अन्तरसरकारी सम्पर्क थप विस्तार गर्न समेत उनले आह्वान गरे । यसले लगानी, पर्यटन, व्यापार र औद्योगिक साझेदारीमा थप अभिवृद्धि हुने विश्वास उनले व्यक्त गरे ।

अध्यक्ष ढकालले चाइना साउथ एसिया एक्स्पोमा नेपाल कन्ट्री प्याभिलियनमा नेपालको जीवन्त संस्कृति र लगानीको सम्भावना पहिचान गर्न सबै सहभागीलाई आग्रह गरे । कार्यक्रममा चीन, नेपाल र दक्षिण एसियाली देशका विशिष्ट नेता, सरकारी अधिकारी, व्यवसायी लगायत सरोकारवालाको सहभागिता थियो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x